दोस्रो तहका नेता हाबी हुन थालेपछि नयाँ रणनीतिमा प्रचण्ड « Himal Post | Online News Revolution
Logo

दोस्रो तहका नेता हाबी हुन थालेपछि नयाँ रणनीतिमा प्रचण्ड



काठमाडौं- पार्टीमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूसँग छुट्टाछुट्टै बैठक बसिरहेका छन् । पार्टीमा अब को हाबी हुने भन्नेमा आफूभन्दा तलका नेताहरूले प्रभुत्त्व जमाउन थालेपछि प्रचण्ड छुट्टाछुट्टै बैठक बस्न थालेका हुन् ।

केहिदिनको आराम र सुकुटेबासपछि प्रचण्ड सक्रिय बनेका छन् । उनले प्रदेश २ का केन्द्रीय सदस्यहरूलाई बोलाएर छुट्टै बैठक बसिरहेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबारदेखि बैठक बसिरहेको बताइएको छ ।

प्रदेश २ मा देखिएको सांगठनिक विवाद समाधानका लागि लागि भनीएपनि प्रचण्डले पार्टीमा दोस्रो तहका नेताहरूलाई हाबी हुन नदिन बैठक डाकेको बताइएको छ । अध्यक्ष प्रचण्डसहित प्रदेश २ का केन्द्रीय सदस्यहरूको बैठकमा पार्टीको समस्याका बारेमा छलफल भैरहेको बताइएको छ ।

शनिबारदेखि बसेको बैठक आज पनि जारी छ। २७ जना केन्द्रीय सदस्य सहभागी बैठकमा नारायणकाजी श्रेष्ठ लगायत पार्टीका वरिष्ठ नेताहरू पनि उपस्थित छन्। प्रदेश २ मा गणेश साह माओवादीका इन्चार्ज छन्। विश्वनाथ साह र महेन्द्र पासवान सह-इन्चार्ज छन्।

अध्यक्षमा प्रह्लाद बुढाथोकी रहेका छन्। मधेसमा माओवादी केन्द्रको सांगठनिक अवस्था र असन्तुष्ट नेताहरूको बारेमा परामर्श गर्नका लागि प्रचण्डले प्रदेश नं. २ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन्।