प्रचण्ड राष्ट्रपति हुनकै लागि बाम एकता गरेको खुलासा ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्ड राष्ट्रपति हुनकै लागि बाम एकता गरेको खुलासा !



काठमाडौं /कात्तिक ४ 

सधै व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि व्यक्तिगत लाभलाई केन्द्रमा राखेर एमालेसँग वाम गठबन्धन गरेको खुलासा भएको छ ।

एमालेका एकजना पदाधिकारीका अनुसार प्रचण्डले राष्ट्रपति बन्ने सपना देखेका छन् । कांग्रेससँगको गठबन्धन तोड्नका लागि एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डको राष्ट्रपति बन्ने इच्छा पूरा गरिदिने बाचा दिएका छन् । ओलीले प्रचण्डलाई राष्ट्रपति बनाउने बाचा त दिएका छन् तर, उनले प्रचण्डसँग कुनै पनि प्रकारको लिखित सहमति गरेका छैनन् ।

प्रचण्डले आफू दुई पटक प्रधानमन्त्री भइ सकेको र अब परिवार र सुरक्षित राजनीतिक अवतरणका लागि माओवादी केन्द्रलाई एमालेमा लगेर विलय गराउन लागेका हुन् । व्यक्तिगत स्वार्थकै लागि पाँच हजारभन्दा धेरै केन्द्रीय सदस्य बनाएर माओवादी केन्द्रलाई भताभुङग बनाएका प्रचण्डले अब पार्टी चलाउन सकिँदैन भनेरै एमालेमा समायोजन गर्न लागेको स्रोतको भनाइ छ ।

केही समय अगाडि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा पनि प्रचण्डले पार्टी विघठनको प्रस्ताव राखेका थिए । त्यस बेला यो विषयलाई कसैले चासो दिएका थिएनन् । अहिले आएर त्यो कुरा पुष्टि भएको छ ।

प्रचण्डको अबको इच्छा भनेको राष्ट्रपति बन्ने, आफ्नी कान्छी छोरी रेणु दाहाल पाठकलाई अगाडि बढाउने तथा द्वन्द्वकालमा लागेको आफूविरुद्धको सबै मुद्दा खारेज गर्नु रहेको छ । राष्ट्रपति बन्नेवित्तिकै प्रचण्डलाई नेपाली सेनाले सर्वेसर्वा मान्नु पर्नेछ । प्रचण्डविरुद्ध रहेको सबै जघन्य अपराधका मुद्दाहरू भुल्नु पर्नेछ । त्यति मात्रै होइन अन्तर्राष्ट्रिय जनतले पनि प्रचण्डलाई मान्यता दिएर सबै अपराधमा क्षमा दिनुपर्ने हुन्छ ।
प्रचण्डको राष्ट्रपति बनेर मुद्दाहरू खारेज गर्ने जुन सोँचाइ छ त्यो कुराप्रति नेपाली सेना सर्तक छ । नेपाली सेनाले प्रचण्डलाई राष्ट्रपतिका रुपमा स्वीकार नगर्ने संकेत दिइसकेको छ । स्रोतले भन्यो, ‘वाम गठबन्धनबाट नेपाली सेना शसंकित छ । प्रचण्डलाई राष्ट्रपति बनाउने कुराबाट झन आशंका बढाएको छ ।’

प्रचण्ड विगत ३० वर्षदेखि माओवादीका नेतृत्वमा छन् । महाधिवेशन गर्ने रुची उनमा छैन । सधै आफ्नो वरपर राजनीति र नेता तथा कार्यकर्ता केन्द्रित रहुन् भन्ने चाहन्छन् । उनको यो चाहनालाई नेपाली सेना र अन्तर्राष्ट्रिय जगतले तुहाइदिने योजनामा छन् ।

प्रचण्डलाई केपी ओलीको समर्थनमा राष्ट्रपति बन्न त्यति सजिलो छैन । एमालेभित्र राष्ट्रपति बन्नका लागि झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, केशव बडाल, छविलाल विश्वकर्मासहितका नेताहरू लाइनमा छन् ।