पहिलो बैठकमै प्रधानमन्त्रीको प्रस्ताव गृहमन्त्रीले ठाडै अस्वीकार गरेपछि… - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पहिलो बैठकमै प्रधानमन्त्रीको प्रस्ताव गृहमन्त्रीले ठाडै अस्वीकार गरेपछि…



प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै आव्हान गरेको मन्त्रिपरिषद्को बैठक रोचक बनेको छ ।

आफ्ना आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने मन्त्रिपरिषद् बैठकमा भाग लिन प्रधानमन्त्री कार्यालय पुगे। बैठक सुरु भयो तर प्रधानमन्त्रीले गरेको पहिलो प्रस्तावनै अस्वीकृत बन्यो। रवीले प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरेपछि बैठकमा असहज परिस्थिति बनेको स्रोतको दाबी छ ।

बैठक सुरु भएपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्कालका लागि सरकारको प्रवक्ता बन्न प्रस्ताव गरेका थिए । तर उनले प्रस्ताव फुस्किन नपाउँदै अस्वीकार गरिदिए ।

सहभागी अन्य मन्त्रीहरुले पनि प्रचण्डको प्रस्तावलाई सहजै स्वीकार गरेका थिए । गृहमन्त्री लामिछानेले सरकारको प्रवक्ता बन्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ।

बैठकमा केही असहजता देखिएको थियो। प्रधानमन्त्री प्रचण्डले दिन लागेको जिम्मेवारी रविले स्वीकार गरेनन्।

त्यसपछि प्रधानमन्त्रीले केही असहज मानेका थिए । यस विषयमा केहीबेरको सवाल–जवाफपछि प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई सरकारको प्रवक्ताको जिम्मा दिएका थिए ।

उपप्रधानमन्त्री पौडेलले प्रधानमन्त्रीको प्रस्ताव सहजै स्विकार गरेका थिए । गृहमन्त्रीको जिम्मेवारी सम्हादै गर्दा लामिछानेले आफू मन्त्रिपरिषद्‍मा समेत प्रतिपक्षको रुपमा आवाज उठाउने भनेका थिए।

सरकार बाहिर हुँदा नै प्रचण्ड र रविको सम्बन्ध सुमधुर छैन। एकले अर्काको कडा आलोचना गर्दै आएका छन्। हाल रविको नागरिकता विवाद सर्वोच्च अदालतमा विचाराधिन छ।

नागरिकताको विषयलाई लिएर विवादमा आएका व्यक्तिलाई गृहमन्त्रालयको जिम्मेवारी दिएपछि प्रधानमन्त्री लगायत गठबन्धनका नेताहरुको समेत विरोध भएको छ।