मन्त्रिमण्डल पुनर्गठन: प्रचण्डको सचिवालयले निकाल्यो विज्ञप्ति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मन्त्रिमण्डल पुनर्गठन: प्रचण्डको सचिवालयले निकाल्यो विज्ञप्ति



काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम मुछिएको भन्दै नीजि सचिवालयले खण्डन गरेको छ । बारम्बार प्रचण्डको नाम मुछिएको भन्दै जारी विज्ञप्तिमा भ्रामक समाचारप्रति खण्डन र भत्र्सना गरिएको छ।

सचिवालयले मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र रहेकोमा मिडियाले बारम्बार प्रचण्डको नाम जोडेको भन्दै खण्डन गरेको हो ।

सचिवालयद्वारा जारी खण्डनमा लेखिएकाे छ ‘हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।’

‘मन्त्रीमण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं’ नीजि सचिवालयले जारी गरेकाे खण्डनमा लेखेकाे छ ।