प्रचण्डलाई बढ्दैछ समर्थन- प्रभु र अमरेश पनि पुगे शितलनिवास - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

प्रचण्डलाई बढ्दैछ समर्थन- प्रभु र अमरेश पनि पुगे शितलनिवास



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन तीन स्वतन्त्र सांसद समर्थन गरेका छन् ।

एमाले परित्याग गरेर स्वतन्त्र उठेका प्रभु शाह, कांग्रेस परित्याग गरेका अमरेश शिंह र किरण शाहले पनि प्रचण्डलाई समर्थन गरेका छन् ।

स्वतन्त्र जितेका पाँच मध्ये ३ सांसदले समर्थन गरेका हुन् । स्वतन्त्र जितेका प्रभु शाह, अमरेशकुमार सिंह र किरण शाहले समर्थन गरेका छन् ।

उनीहरुले प्रचण्डले प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रिपति निवास शितलनिवास पुगेका छन् । ७ दलको १६६ र तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन पाउने भएका छन् ।