प्रचण्डले भने: प्रदेश र संघको चुनाव कहिले गर्ने भन्ने सहमति भइसकेको छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डले भने: प्रदेश र संघको चुनाव कहिले गर्ने भन्ने सहमति भइसकेको छ



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको चुनाव आगामी मंसिरसम्ममा हुने समझदारी गठवन्धनभित्र भएको बताएका छन् । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ ।

बर्दियामा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले प्रदेश र संघको निर्वाचनपछि मुलुकमा नयाँ सरकार गठन भएर विकास-समृद्धिको यात्रा अघि बढ्ने दाबी गरे । चुनाव कहिले गर्ने भन्नेमा गठबन्धनमा मोटामोटी सहमति भइसकेको उनले बताए ।

‘चुनाव दुई चरणमा गर्ने की एक चरणमा भन्ने छलफल भइरहेको छ । सकभर एकै चरणमा गर्ने कि भन्ने छलफल भइरहेको छ । तर मंसिर पहिलो सातामै चुनाव हुन्छ , त्यसमा ढुक्क भए हुन्छ’ उनले भने ।
चुनावबारे कोही कन्फ्यूजन हुनु नपर्ने पनि प्रचण्डले बताए ।

उनले स्थानीय चुनाव सफल भएसँगै देशमा संघीयताको जरा मजबुत भएर गाडिएको दाबी गरे ।

‘अब यसलाई कसैले हिलाएर हिल्दैन,’ प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता सबैको मुख्य प्रवक्ता हुनुको नाताले मैले सदनमा पनि खुसी व्यक्त गरेको थिएँ । आमजनतालाई बधाई पनि भन्न चाहन्छु ।’