चुनावको नतिजापछि प्रचण्ड चिन्तित, नारायणकाजी मख्ख - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चुनावको नतिजापछि प्रचण्ड चिन्तित, नारायणकाजी मख्ख



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीलाई ठूलो क्षति बहेको बताएका छन् । उनले चुनावको नतिजाले तनाव थपिएको समेत बताएका थिए ।

निर्वाचनपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्ड अत्यन्त चिन्तित मुद्रामा देखिएका थिए । उनी यो बैठकमा गम्भीर मुद्रामा देखिंदा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने मख्ख थिए । उनको अनुहारमा खुसीको भाव झल्किन्थ्यो ।

निर्वाचनपछिको पहिलो बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोजेजति सिट नआएपनि प्रदेशमा भने सन्तोषजनक नतिजा आएको बताए । बैठकमा उनले भने– ‘हामीले गठबन्धन गरेर राम्रै नतिजा आउँछ भन्ने थियो । सोचेजति सिट आएन प्रदेशमा सन्तोषजनक नतिजा आयो । हामीलाई संघमा ३० सिटभन्दा बढी आउँछ कि भन्ने थियो तर आएन । हामीले सोचेभन्दा १०–१२ सिट कम आयो । कांग्रेसबाट जति भोट ट्रान्सर्फर हुनुपर्ने हो भएन । अरु स्वतन्त्र भन्नेहरू आए । अब आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउनुको विकल्प छैन ।’

बैठकमा अध्यक्ष प्रचण्डले अहिले जेजति सिट आएको छ त्यसलाई लिएर गठबन्धनकै सरकार बनाउनुपर्नेमा जोड दिएको माओवादी केन्द्रएक नेताले बताए । ‘अब अरु विकल्प खोज्नेतिर जानु हुन्न । गठबन्धनको भागवण्डा सहमतिमा प्याकेजमा टुङ्गो लगाउनुपर्छ भन्ने अध्यक्षको भनाई छ’ प्रचण्डको भनाई ति नेताले भने ।

आजको बैठकमा चुनावको समीक्षामा केन्द्रित भइ छलफल भएको थियो । बैठकमा प्रचण्डले हरिबोल गजुरेलको पत्रको विषयमा समेत जवाफ दिएका थिए । बैठकमा निर्वाचनको समीक्षा र भावी कार्य योजनाका विषयमा छलफल भएको बताइएको छ ।