जापान पुगेका प्रचण्डलाई कसले गर्यो विमानस्थलमा स्वागत ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जापान पुगेका प्रचण्डलाई कसले गर्यो विमानस्थलमा स्वागत ?



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाका छन् ।
नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आइतबार राति प्रस्थान गरेका प्रचण्ड शनिबार बिहान जापान पुगेका हुन् ।

विमानस्थलमा अवतरण गरेका प्रचण्डलाई जापानमा स्वागत गर्न कुनै जापानी नेताहरू आएको देखिएन । उनलाई नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले विमानस्थलमा स्वागत गरेका छन् ।

सचिवालयका अनुसार आइतबार उनी नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । त्यस्तै जापानका केहि नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रचण्डले कुनकुन नेताहरूलाई भेट्नेबारे कार्यक्रम भने सार्वजनिक गरिएको छैन । उनी साउन २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ ।