तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तेस्रोपटक प्रधानमन्त्री बने प्रचण्ड



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ तेस्रोपटक नेपालको प्रधानमन्त्री बन्ने भएका छन् । नेकपा एमालेलगायतका दलहरूका एक सय ६६ सांसदको समर्थनमा उनी प्रधानमन्त्री बन्ने भएका हुन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६६ सांसदहरूको सहमति जुटेको जानकारी दिएका छन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाडेपछि प्रचण्ड एमालेसँग सहकार्य गर्न पुगेका हुन् । उनी एमाले अध्यक्ष ओलीसँगको छलफलका लागि प्रधानमन्त्री निवास बालकोट पुगेका थिए ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीका शीर्ष नेताहरू पनि बालकोट पुगेका हुन् । शीर्ष नेताहरूको बैठकले साढे २ वर्ष प्रधानमन्त्री बन्ने सहमति जुटाएको हो । त्यससँगै प्रचण्ड प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपतिको कार्यालय पुगेका छन् ।

यससँगै प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि २०६५ भदौमा एमालेकै समर्थनमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यस्तै २०७३ साउनमा उनी नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।