प्रचण्डले भने- एमाले र कांग्रेसभित्र माओवादी पसिसक्यो - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

प्रचण्डले भने- एमाले र कांग्रेसभित्र माओवादी पसिसक्यो



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनमा आफ्नै पार्टीका कारण सम्भव भएको बताएका छन् ।

माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

अहिले माओवादी केन्द्रकै एजेण्डामा देश अगाडि बढेको छ । समावेशी, समानुपातिक प्रणाली हामीले ल्याएका हौँ,’ उनले भने,‘यसलाई अहिले सबैले स्वीकारेका छन् । प्रयोग गरेका छन् । एक अर्थमा भन्ने हो भने कांग्रेस र एमालेभित्र माओवादी नै पसेको छ ।’

तर जसको नीति उसको नेतृत्व नभएको उनले बताए । उनले भने, ‘जसको नीति उसको नेतृत्व भएन ।’ आजको देशको मूल राजनीतिक धार को हो ? नेता को हो ? नेतृत्व को हो ? भन्ने विषयमा देशव्यापी बहस जरुरी रहेको उनले बताए । ‘यो परिवर्तन माओवादी केन्द्रको जनयुद्धका कारण मात्र सम्भव भएको हो, हज्जारौं सहिदको बलिदानीका कारण सम्भव भएको हो,’ उनले भने । राजनीतिको मूल धार माओवादी नै रहेको उनले बताए ।