प्रचण्डलाई जवाफ: आफ्नो पार्टी सिध्याएर कांग्रेसको चिन्ता किन ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डलाई जवाफ: आफ्नो पार्टी सिध्याएर कांग्रेसको चिन्ता किन ?



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको सम्बन्धमा कांग्रेसले ध्यानाकर्षण गराएको छ । कांग्रेसले सोमबार साँझ विज्ञप्ति निकाल्दै ओली र प्रचण्डको भनाईप्रति आफ्नो गम्भीर धयनाकर्षण भएको भन्दै सचेत हन ध्यानाकर्षण गराएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा ‘आजको एक कार्यक्रममा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेता पुष्पकमल दाहालले व्यक्त गर्नु भएको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको’ उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा ‘प्रधानमन्त्रीज्यूले हाल भइरहेको आन्दोलनलाई लक्षित गर्दै डा. गोविन्द केसी र उहाँको मुद्धालाई समर्थन गर्नुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु भन्ने अभिव्यक्ति दयनीय त छ नै आपत्तिजनक पनि छ । हामी स्मरण गराउन चाहन्छौं, लोकतन्त्र भनेको लाख मानिसले जुलुश गर्न पाउने अधिकार मात्र होइन, केवल एकजना व्यक्ति मात्रैले पनि न्यायको लागि आवाज उठाउँछ भने राज्यले त्यसलाई सुनुवाई गर्नु  वास्तविक लोकतन्त्र । त्यसमा पनि डा. गोविन्द केसी केवल एकजना व्यक्ति मात्र नभई यतिबेला आम नेपालीले समर्थन गरिरहेका अभियन्ता हुनुहुन्छ । उहाँको न्यायोचित मागका पक्षमा उभिनुलाई त्यान्द्रो समाएर राजनीति गरेको भन्नु र राजनीतिक आग्रह राखेर डा. केसीलाई हेर्नु प्रधानमन्त्री पदको उचाई अनुरुपको स्वभनिय अभिव्यक्ति विल्कुलै होइन ।’ भनिएको छ ।

त्यस्तै डा. केसीले विगतमा गर्नु भएको अनसन र मागलाई सम्वोधन गर्ने क्रममा नेपाली कांग्रेसका तत्कालिन सभापति शुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केदारभक्त माथेमाको संयोजकत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको स्मरण गराएको छ । ‘सोही कार्यदलको प्रतिवेदनमा आधारित रहेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको अघिल्लो सरकारले अध्यादेश जारी गरी डा. गोविन्द केसीले उठाउनु भएका मागहरु पुरा गरेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय सडक तथा सदनमा उतपन्न भएको समस्या कांग्रेसका कारण नभएको भन्दै ओली सरकारका कारण नै समस्या सिर्जना भएको कांग्रेसले जनाएको छ । ‘आजको मितिमा उत्पन्न भएको समस्या नेपाली कांग्रेस वा डा. केसीका कारण नभई सो अध्यादेशलाई उल्ट्याउनतर्फ ओली सरकार उद्धत भएका कारण उब्जिएको समस्या भएको सबैमा जगजाहेर नै रहेको छ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै कांग्रेसले डा. केसीको मागलाई सम्बोधन गरी उनको जीवन रक्षा गर्न पक्ष र प्रतिपक्ष दुबै ऐक्यवद्ध ढंगले गम्भीर हुन जरुरी रहेको समेत बाएको छ । तर संसदलाई समेत छलेर सडकमा दमनको अस्त्र प्रयोग गर्ने सरकारलाई सच्चिनका लागि दवाव दिनु पर्नेमा उल्टै नेता दाहालले कांग्रेस माथि लासको राजनीति गरेको आरोप लगाउनु दुःखद  रहेको समते विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले पार्टी बिलय गराएका प्रचण्डलाई कांग्रेसको चिन्ता नगर्न सल्लाह दिएको छ ।  ‘नेपाली कांग्रेस हलुका र दम्भयुक्त शब्द लफ्फाजी भन्दा माथी उठेर तत्कालै समाधानमा पुग्न सम्माननीय प्रधानमन्त्रीज्यू र सिंगो सत्तापक्षलाई फेरी पनि सचेत गराउन चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।