सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा.. - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

सरकार छाड्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नै लाग्दा..



काठमाडौं-

मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने र जनतामा अन्योल र संशय उत्पन्न हुने कुनै पनि किसिमको काम÷कुरा नगर्न खबरदारी गरेका छन् ।

चुनावमा संशय भएर सरकार छाडेनौं : दाहाल
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अदालतबाट निर्वाचनप्रति संशय देखिएका कारण आफ्नो दलले सरकार नछाडेको दाबी गरे । ‘सरकार छाड्ने भन्ने पत्रमा म हस्ताक्षर गर्न खोज्दै थिएँ । निर्वाचन आयोगबाट खबर आयो अदालतबाट निर्वाचनप्रति संशय हुँदै छ भन्ने । त्यही भएर हामीले सरकार नछाडेको हो’, दाहालले भने ।

बिनाविभागीय पछि माओवादी केन्द्रका मन्त्रीहरूलाई एउटै कोठामा बस्न अप्ठ्यारो होला नि भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा दाहालले भने, ‘देशलाई अप्ठ्यारो नहोस् भनेर हाम्रा मन्त्री एकै कोठामा बस्न गाह्रो छैन ।’