प्रचण्डले मिल्ने भए बोर्डरबाटै नागरिकता बाड्थे:ओलीे - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डले मिल्ने भए बोर्डरबाटै नागरिकता बाड्थे:ओलीे



हिमाल पोष्ट/बुटवल ,मंसिर      

पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेले  प्रचण्ड  सरकारले  मिल्ने भए बोर्डरबाटै नागरिकता बाड्थे भन्दै   कडा आलोचनामा उत्रिएका छन् । 

नेकपा एमाले प्रदेश नम्बर ५ को बुटवलमा भएको अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै” अन्तुष्ट मधेशबादी दलको माग सम्बोधन गर्ने नाममा नागरिकताको बिषयमा संविधान संसोधन गर्न लागेको प्रसङ कोट्याउँदै उनले भने –‘केटाकेटीलाई चक्लेट बाँडे जस्तै गरि सिमा पारि भएजतिलाई नागरिकता वितरण गर्न खोजेर हुन्छ ?’  मधेशवादी दलले संसारमा कहि नभएको व्यवस्था नेपालमा लागु गर्न खोजेको बताए ।

संविधानले सबै वर्ग, क्षेत्र र भाषालाई याथोचित न्याय गरेको भन्दै मधेशका नाममा आन्दोलन गरेकाहरुले भन्दैमा अगिकृत नागरिकता भएकालाई राष्ट्रप्रमुख मान्न नसकिने उनले बताए । ‘हामीले संविधानको कुन बुँदा, कुन धारा किन संसोधन गर्ने भनेर सोधेका छौं’ ओलीले भने –‘नेपाल र नेपालीको हित विपरित एमालेले कुनै पनि सहमती गर्दैैैन ।’निर्वाचनका लागि आवश्यक कानुन नबनाएर खाली संविधान संसोधन भनेर नहुने बताए ।

प्रदेश नम्बर ५ का अगुवा कार्यकर्ता भएको भेलामा ओलीले भने –‘तपाईहरुको सहमती नभएको बिषयमा एमालेले सहमती गर्ने सक्दैन, गर्दैन ।’ उनले एमाले हिमाल र पहाड छुट्टाउने पक्षमा नरहेको बताए ।प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव इश्वर पोखरेल लगायत शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । प्रदेश नम्बर ५ का संयोजक विष्णु पौडेलले प्रदेश नम्बर ५ फेरबेदल गर्ने बिषयमा संविधान संसोधन भएको आधा घन्टामा जनतालाई सडकमा उतार्ने चेतावनी समेत दिए । प्रदेश अन्तर्गत १२ वटै जिल्लाबाट भेलामा करीब १२ सय प्रतिनिधि पुगेका थिए ।