मेरो निजी सम्पत्ति देखाऊनुस्, सन्यासी बन्छु:-प्रचण्ड - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेरो निजी सम्पत्ति देखाऊनुस्, सन्यासी बन्छु:-प्रचण्ड



१ पुस, पोखरा

प्रधानमन्त्री प्रचण्डले आलोचना गर्नेहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिएका छन् । कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी बन्ने उनले घोषणा गरेका छन ।

सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा छ । यो पनि पत्नी सीता दाहालको नाममा रहेको प्रचण्डले उल्लेख गरिएको छ ।

प्रचण्डको यो सपत्ति विवरणलाई धेरैले पत्याएका छैनन् । तर, प्रचण्डले भने सम्पत्ति विवरणमा उल्लेख गरेको चितवन भरतपुरमा रहेको एक कठ्ठा जग्गा र ३ तोला सुन पनि व्यक्तिगत नभई पार्टीको भएको बताए ।

पार्टीको प्रशिक्षणका लागि पोखरा पुगेका प्रचण्डले भने, ‘मान्छेहरु पत्याउँदैनन्, मेरो निजी सम्पति नै छैन ।’