प्रचण्डको निर्देशन “जनताको घर घरमा जानुस, अरु भन्दा माओवादी फरक भन्ने कुरा बुझाउनुस् ” - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रचण्डको निर्देशन “जनताको घर घरमा जानुस, अरु भन्दा माओवादी फरक भन्ने कुरा बुझाउनुस् ”



साउन ७, काठमाण्डौ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठकले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्र्तर्घात गर्ने पार्टी नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको छ । अन्र्तघात छानविनकालागि माओवादीले ६ वटै प्रदेशमा कार्यदल गठन गर्ने प्रचण्डले बताए ।

संगठन बलियो नभएसम्म निर्वाचन जित्न नसकिने बताउँदै प्रचण्डले बस्तुगत र आत्मगत परिस्थितिको सूक्ष्म विश्लेषण गरेर चुनावको तयारीमा जुट्न समेत निर्देशन दिए । “जनताको घर घरमा जानुस, हरेक जनतालाई भेट्नुस, उनीहरुलाई हाम्रो कुरा बताउनुस् । हामी अरु भन्दा किन फरक भन्ने कुरा बुझाउनुस् । चुनाव पनि क्रान्तिकै मोर्चा हो, त्यसैले बलियो संगठन बनाउन कस्सिनुस् ।” प्रचण्डले बताए ।

माओवादीले सबै माओवादीहरुलाई पार्टी एकतामा आउन अपील गर्ने निर्णय पनि गरेको छ ।

चुनाव जित्नकै लागि जोसँग समेत एकता गर्न नसकिने बताउँदै प्रचण्डले जनयुद्ध र जनआन्दोलनका उपलब्धि स्वीकार्ने शक्तिबाहेक अरुसँग एकता नगर्न निर्देशन दिए । “चुनाव जित्नका लागि जोसँग पनि एकता गर्न मिल्दैन । हाम्रा लागि चुनाव एउटा कार्यनीति मात्रै हो ।” प्रचण्डले भने, “अहिलेको संविधानले संस्थागत गरेका उपलब्धि स्वीकार गर्न नसक्नेसँग एकता हुन सक्दैन ।”

बैठकले प्रदेश नम्वर २ को चुनावी तयारीका लागि साउन १० गते अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।

माओवादीले आफूले जितेका जिल्लाका मतदाताहरुलाई संगठनमा ल्याउन जोड दिने निर्णय गरेको छ ।

माओवादीले संघीय चुनावको प्रतिबद्धता पत्रको मस्यौदा बनाउन नारायणकाजी श्रेष्ठ प्रकाशको संयोजकत्वमा समिति बनाएको छ भने प्रदेश सभाको चुनावका लागि उम्मेदवार छनौटका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा समिति बनाएको छ ।

त्यस्तै, माओवादीले साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट निर्र्वािचत प्रतिनीधिहरुको भेला गर्ने निर्णय गरेको छ ।