प्रचण्ड कम्रेड तपाईँले आफ्नो पुत्र २०५२ सालबाट नै गुमाउनु भएको थियोे । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्ड कम्रेड तपाईँले आफ्नो पुत्र २०५२ सालबाट नै गुमाउनु भएको थियोे ।



-ओम प्रकाश बानियाँ/दोहा, कतार

परदेशमा डिउटी जानु पर्ने बाध्यता हुन्छ । त्यही कुरालाई निरन्तरता दिएको मैले आज पुन मोबाइलमा आलाराम बज्यो र जागे ।

बेलुका ढिलो सुतेको भएर बिहान उठ्नलाई केही अप्ठ्यारो परे पनि आफ्नो परिस्थिति र बाध्यताले गर्दा आफू उठनै पर्ने हुन्छ । सधैँ झैँ म नुहाई-घुवाई गरे र डिउटी जानको लागि तयार भए र छिटो छिटो बस तर्फ लम्के ।

रुम बाट बस सम्म जान को लागि २ मिनेट जतिको समय लाग्छ । म बस स्टेनमा आए र चौथो नम्बरको सिटमा बसे । मेरो छेउमा बेस राज भट्ट र तिलक कार्की बस्नु भयो । तीन जनाले नै एक आपसमा हामीले आफ्नो हाल खबर सोधा सोध गरेउ ।

बिचमा बस्नु हुने भट्ट जी ले गोजी बाट आफ्नो मोबाइल निकाल्नु भयो । दाहिने पट्टी बस्नु हुने तिलक जी गाडीको सिट मै ढल्किन लाग्नु भयो । मैले पनि गोजी बाट आफ्नो मोबाइल निकाले र डाटा अन गरे । जब म फेसबुक मा छिरे तब अनलाइन मिडियामा समाचार देखे प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भनेर । म एक पल्ट छागा बाट खसे जस्तो भए । मेरा हात हरू कापे, म निशब्द भए ।

विभिन्न अनलाइन मिडियाहरुमा गल्त समाचार आई रहेको बेला यो समाचार पनि कतै गल्त त हैन भन्दै मनमा एक किसिमको उथल-पुथल भयो । फेरि एक मनले सोचे हावा नचली पात हल्लिएन होला भनेर केही न केही चैँ पक्कै भएको छ भनेर। मैले समाचारको डराउदै, भगवानलाई पुकार्दै समाचारको लिङ्क जब खोले र पढे त्यति बेला जे नहुनु पर्ने जे नसुन्नु पर्ने तै पढे र तेहि सुने ।

र मैले पुन मोबाइललाई पछाडि सारे र तल झार्दै गए सबैले रिप, श्रद्वान्जली दिएको भेटे । सामाजिक सञ्जाल शोकमा डुबेको पाए । र बिचमा बस्नु हुने भट्ट जी लाई यो दु:खद समाचार सुनाए । उहाँले पहिला पत्याउनु भएन पत्याउनु पनि कसरी यति कम उमेरमा उहाँको निधन हुन्छ भनेर । छेउमा बस्नु भएको तिलक जी पनि हाम्रो गनथन सुनेर जाग्नु भयो।

आफ्नो सन्तानको यसरी अल्प आयु मै निधन भएको समाचार सुन्ने बितिकै आमा सीता दाहाल अचेत अवस्थामा हुनु हुन्छ भन्ने खबर पाए । बुबा प्रचण्ड चुनाव प्रचार प्रसारको लागि झापा गएका बेला यो घटना घटेको रहेछ।

बहुबिबाह र माधक पदार्थ सेवन गरेकोमा कहिले काहिँ सामाजिक सञ्जालमा आलोचित बने पनि उनी मनका धेरै सफा थिए भन्ने कुरा आम मानिसको मुख बाट सुनियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रचण्डका स्वकीय सचिव समेत रहेका उनी बुबाको हरेक कार्यक्रमको रिपोर्टिङका साथै लाईभ प्रसारण गर्थे ।

नेताका छोराछोरी विदेशमा बसेर पढ्ने, घुम्ने गरी रहदा लोकतन्त्रको लागि जनयुद्धमा होमिएका एक सिपाहीको निधन हुँदा आज उनको परिवार मात्र दुखी छैन । देश नै रोई रहेको छ । देशले एक असल लोकतन्त्र वादी युवा नेता गुमाएको छ ।

अन्त्यमा प्रचण्ड कम्रेड तपाईँले आफ्नो पुत्रलाई औपचारिक रूपमा गुमाए पनि अनौपचारिक रूपमा २०५२ साल बाट नै गुमाई सक्नु भएको थियो । जब तपाईँले लोकतन्त्र, गणतन्त्रको लागि लड्न सुरु गर्नु भयो त्यति बेला नै तपाईँले आफ्नो घर परिवार गुमाई सक्नु भएको थियो । त्यस कारण हिम्मत नहार्नु होस् तपाईँलाई ३ करोडले नेपालीले लोकतन्त्रको पिता मानेका छन् । अझै अगाडि बढ्नु होस् ।सबै नेपाली तपाईंको साथमा छौं । हामी हजारौं हजार प्रकाश तपाईंको साथमा छौँ ।