प्रचण्डको जनवाद ,बाबुराम भट्टराईको धनवाद र काजीको अवसरवादले माओवादी विग्रिएको हो । - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डको जनवाद ,बाबुराम भट्टराईको धनवाद र काजीको अवसरवादले माओवादी विग्रिएको हो ।



जनयुद्धका लक्ष्य ,उद्देश्य पूरा नहुँदै माओवादी आन्दोलनको ठुलो हिस्सा गोलचक्करवादमा पुगेर विसर्जनको संघारमा छ । भने अर्को क्रान्तिकारी हिस्सा नयाँ शिराबाट अघि बढ्दैछ। कार्ल मार्क्स भनेका छन् ।“विभिन्न विद्धानहरुले यो संसारको व्याख्या गरे, तर मुख्य कुरा भनेको संसार बदल्नु हो ।”

कमरेड प्रचण्ड ,कमरेड किरण कमरेड बाबुराम भट्टराई , कमरेड बादल, कमरेड अनिल ,कमरेड नारायणकाजी ,कमरेड मणि थापा ,कमरेड मातृका यादवबाट धेरै आशा गरेका थिए उहाँ सबैको श्रद्धा, आदर र विश्वासको पात्र हुनुहुन्थो । तर त्यो विश्वासलाई व्यवहारमा प्रस्तुत गर्ने अवसर र इतिहासको चुनौती सामना गर्ने ऐतिहासिक क्षणलाई उहाँले प्रयोग गर्न सक्नुभएको देखिएन ।

विगतमा समय र परिस्थिति सकारात्मक हुँदाहुँदै पनि एउटा सक्षम र गतिशील नेताका रूपमा उहाँले आफूलाई प्रस्तुत गर्न सक्नु भएन । माओवादी पार्टीमा उहाँप्रति समर्पित ठुलो जनमत , जनमुक्ति सेना ,नेता , कार्यकर्ता  थियो। माननीय नेताहरूले गुमाउनु भयो । उहाँका समर्थक र शुभचिन्तकहरूले पनि छोड्दै गए र उहाँ पार्टीभित्रका खाओवादी चंदेवालाहरू तथा अल्छी, सुतुवा र झोले ,हनुमान , भजन मंडली अवसरवादी ,धोक्केवाज, गनगनेहरूको एउटा सानो घेराबन्दी-कोटरीमा खलतीमा सीमित हुनुभयो, उनीहरूको मात्रै माननीय नेता हुनुभयो छ! तर महान् सहिद परिवार ,घाइते गरिब निमुखा हिमाली पहाड़ी मधेसी जन समुदायको नायक होइन खलनायक हुनुभयो छन् !

महान् जनयुद्धका विघटनका अपराधी होइन ?

विगतको बालाजु बैठकमा एक जना तत्कालीन जनमुक्ति सेनाका कमाण्डरले भनेका थिए जो कमाण्डर अहिले अरबमा मजदूरी गर्छन् ! उनले भनेका थिए राजतन्त्रका विरुद्ध उठेका यी हतियार गलत गर्‍यो भने माओवादी नेताका विरुद्ध पनि पड्किन्छन् । तर न त प्रमुख नेतृत्व नै सत्तामा जानबाट रोकियो । न त माओवादी विभाजन र विघटन हुँदा पनि विद्रोह नै गर्न सक्यो ?

पार्टीमा विचार पद्धति र नियम, माक्सवादी सिद्धान्त बिस्तारै रामनामी बने । धार्मिक व्यक्तिले पहेला कपडा लगाएर रामनामी जपे जस्तो भयो । माक्र्सवाद भनेको सिद्धान्त हो जीवन व्यवहार हो भनेर कसैले हेक्का राखेनन । माओवादी नेता कार्यकर्ताको लागि माओवाद व्यापार बन्न थाल्यो । उनीहरूलाई त्याग तपस्या बलिदानीको कुनै महत्त्व रहेन ।

यही नयाँ जन्मेको वर्गले नै माओवादी पार्टीको सङ्गठन परिचालन र निमार्णमा महत्त्वपूर्ण भूमिका खेल्न थाल्यो । जसलाई सङ्गठनले कारबाही गर्नुपर्ने हो त्यही व्यक्ति र वर्ग पार्टीको नीति निमार्ण तहमा प्रभाव पार्ने गरी पुगेपछि माओवादीमा स्खलनको दौड सुरु भयो न विधि न बिचारको माओवादी पार्टी भएको छ ।

माओवादका नाममा शान्ति प्रक्रिया पछि माओवादीमा एउटा वर्गको जन्म भयो । तर त्यो वर्ग आफ्नै सिप ज्ञानले जन्मेको होइन । यो हुर्केको हो सामन्तवाद र दलाल पुँजीवादमाथि । यही कारणले यो ह्रवात्तै बढ्यो । यसलाई रोक्ने विधि न माओवादी पार्टीमा थियो । न त नेतृत्वमा । यो वर्ग नेतृत्वको छहारीमा गएर बास बस्न पुग्यो । यिनैले दिएका सूचनाका आधारमा बन्ने नीति तथा कार्यदिशाले ल्याउने परिणाम भनेको गलत नै हुन्छ । यही नयाँ जन्मेको वर्गले नै माओवादी पार्टीको सङ्गठन परिचालन र निमार्णमा महत्त्वपूर्ण भूमिका खेल्न थाल्यो । जसलाई सङ्गठनले कारबाही गर्नुपर्ने हो त्यही व्यक्ति र वर्ग पार्टीको नीति निमार्ण तहमा प्रभाव पार्ने गरी पुगेपछि माओवादीमा स्खलनको दौड सुरु भयो ।

पार्टीका थोरै कमरेडहरु पार्टीमा इमानदार हुनु छ! उहाहरुको पार्टीमा केही चल्दैन । उहाहरु प्रति उच्च सम्मान छ! आन्तरिक लड़ाई लड़नू भएको छ! पार्टी ठिक बनाउने भयर तर उहाँको तेहा उच्च सम्मान छैन ।

माननीय नेताहरूले चाहेको भए पार्टी गोलचक्करबाट मुक्त भएर अघि बढ्नसक्थ्यो । अहिले पनि ती सम्भावनाहरू प्रशस्त भए पनि त्यसतर्फ उहाँले खासै पहल गरेको देखिँदैन । समग्रमा हेर्दा नेपालको माओवादी जनयुद्ध ,जनआन्दोलन निकै जटिल र दोसाँधको मोडमा छ भन्नुपर्ने हुन्छ । यो दुस्मनका कारणले नभएर माओवादी पार्टीमा देखापरेको आन्तरिक समस्या , वैचारिक विचलनका कारणले नै टूट फुट विभाजन भएको हो ।

प्रचण्डको जनवाद र बाबुराम भट्टराई धनवाद काजीको अवसरवादले माओवादी विग्रिएको जनगुनासो हो । कोही माओवादीलाई जनजीवनका समस्याबारे कुनै चासो छैन । उनीहरू केवल सैद्धान्तिक जनवादको नारामा अल्झिएका छन् । जो जसरी हुन्छ चाकडी, चाप्लुसी वा जे–जसरी हुन्छ आफ्नो र परिवारको भविष्यको सुरक्षाका लागि पैसाको जो हो गर्न पार्टी–शक्तिको दुरुपयोग गरिरहेका छन् । बाबुराम भट्टराई र किरणको ठुलो नौटंकी छ । यसैले माओवादीलाई कमजोर बनाएको हो ।आत्म समीक्षा गरौँ भने फुर्सत हुँदैन।

आरबी खड्का
भारत