प्रचण्डलाई सबैभन्दा पहिला गिरिजाप्रसाद कोइरालासँग परिचय मैले गराएको हुँ : डा.भट्टराई - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्डलाई सबैभन्दा पहिला गिरिजाप्रसाद कोइरालासँग परिचय मैले गराएको हुँ : डा.भट्टराई



 काठमाडौं/मंसिर १

लोकतान्त्रिक गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई आफ्नो चुनावी प्रचारको क्रममा गोरखामा छन्।

चुनाव प्रचारको क्रममा घरदैलो कार्यक्रम र विभिन्न सभाहरुमा व्यस्त बाबुरामले एक चुनावी सभालाई सम्बोधन गर्दै गोरखा जिल्लालाई ऐतिहासिक जिल्ला भएको र नेपालको इतिहासमा गोरखाको बिशेष स्थान रहेका बताउँदै भने-‘ इतिहास जे-जस्तो भएपनि गोरखा राज्य विस्तार हुँदै गोरखाबाटै सिङ्गो नेपाल एकीकरण भएको हो ।’

जंगबहादुर विरुद्ध पहिलोपटक विद्रोह गर्ने नेपाली सेनाका सिपाहि लखन थापादेखि जनयुद्धमा मारिएका माओवादी नेता सुरेश वाग्लेले गरेको वलिदानको जगमा लोकतन्त्रको युग पुरा भएको बताए बाबुरामले।

अब देशलाई काटमारबाट अलग राख्दै गोरखाबाट शान्ति,विकाश र सम्वृद्ध युगको नेतृत्व गर्ने सम्भाबना देखिएकोले कुनैपनी राजनितिक दलले एक अर्कालाई निषेध गर्न र दलहरुले एक अर्कालाई शत्रुवत व्यबहार गर्न नहुने जनाए।

माओवादी जनयुद्ध उचाईमा पुगेपछि राजनितिक दलहरुसँग सहकार्य गर्नुपर्छ भनेर प्रस्ताव राख्दा माओवादीका नेताहरुले उल्टो आफूमाथी नचाँहिदो आरोप लगाएको दुखेसो पोख्दै बाबुरामले अगाडी भने- जब ज्ञानेन्द्रले सत्ता हातमा लिए त्यसपछि प्रचण्डले तपाई ठिक हुनुहुँदो रहेछ अब राजनितिक दलहरुसँग कुरा गर्नुस् भनेपछि मैले नै प्रचण्डलाई सबैभन्दा पहिला गिरिजाप्रसाद कोइरालासँग परिचय गराएको हुँ। त्यसपछि मात्रै बृहत शान्ति प्रकृया शुरु भएको हो र त्यसपछि शान्ति सम्झौता हुँदै संविधान सम्म बनाउन सफल भयौ।

बाबुरामले माओवादी जनयुद्धको बेलामा कांग्रेस सत्तामा रहेको थियो,त्यतिबेला आफू विद्रोहि अवस्थामा रहेको हुँदा राज्यपक्षले आफूहरु माथी दमन गरेको र आफूहरुले पनि कांग्रेसका नेता कार्यकर्ता माथी आक्रमण गरेको र त्यसलाई दु:खद घटना भएको बताए।

नारायणकाजी श्रेष्ठलाई आरोप जनयुद्धको बेलामा पुच्छर लुकाएर भाग्ने र शान्ति प्रक्रियामा आइसकेपछि अहिले म माओवादी भन्दै आएर जनता ठग्ने नारायणकाजी प्रवृतिबाट जनता सचेत हुन आग्रह गरे।भट्टराइले कांग्रेसको नेता र कार्यकर्ताको लगनशीलता र इमान्दारीता प्रति प्रभावित रहेको समेत बताए।

बाबुरामले अगाडी भने-कांग्रेसको नेता र कार्यकर्ताको लगनशीलता र इमान्दारीता प्रति प्रभावित छु।

आफूले सम्पत्ति नजोडेको र आफ्नो कहिकतैँ घर नभएको भन्दै बाबुरामले भने- मेरो घर भेट्टाए तपाईहरु गएर बस्नुस् र घर रहेछ भने म तुरुन्तै राजिनामा लेखेर दिन्छु।

प्रचण्ड र ओलीतर्फ संकेत गर्दै उनले भने- आफूलाई कम्युनिस्ट भन्नेहरु हिजो सरर हेलिकप्टरमा आउनु भयो र चिल्ला गाला छन् र अर्बौंको सम्पत्ती छ र काठमाण्डैंमा भव्य महलहरु छन्।

बाबुरामले प्रश्न गरे- खासमा सम्पत्ति नजोड्ने बाबुराम कम्युनिस्ट होकि हेलिकप्टरमा सरर चढेर आएर मलाई गाली गरेर जाने कम्युनिस्ट हो ?