प्रचण्ड भन्छन चितवनमै चुनाव लड्छु , प्रचण्डलार्इ जिताउने जिम्मा हाम्रोः देवी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रचण्ड भन्छन चितवनमै चुनाव लड्छु , प्रचण्डलार्इ जिताउने जिम्मा हाम्रोः देवी



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने भएका छन्।

‘प्रचण्डले चितवन क्षेत्र नम्बर ३ छोडेर बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्ने’ भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भइरहेका बेला प्रचण्डको सचिवालयले उक्त समाचारको खण्डन गर्दै ‘सुनियोजित’ भनेको छ।

‘अध्यक्ष प्रचण्डकोबारेमा दुष्प्रचार फैल्याइएको छ। चितवनबाट उम्मेदवारी दिने निर्णयमा कुनै परिवर्तन भएको छैन,’ प्रचण्डको सचिवालयले भनेको छ । यो पनि देवी ज्ञवाली भन्छन्ः प्रचण्डलाई भित्र्याउँदैछौँ, किन छाड्नु एमाले ?

प्रचण्डले यसअघि स्थानीय चुनावताका नै आफू प्रतिनिधिसभामा चितवनबाट चुनाव लड्ने बताएका थिए। पछिल्लो समय एमाले-माओवादीबीचको गठबन्धन बनेपछि उनी साझा उम्मेदवार बन्ने तयारी छ।

माओवादी केन्द्रले चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस गरेको छ। तर, त्यस क्षेत्रमा कांग्रेस र राप्रपाले तालमेल गरेपछि प्रचण्डले बर्दिया रोज्न थालेको समाचार आइरहँदा प्रचण्डको सचिवालयले यस्तो स्पष्टिकरण दिएको हो ।

प्रचण्डलार्इ जिताउने दायित्व मेरोः देवी ज्ञवाली

प्रचण्डको सचिवालयको स्पष्टिकण आएकै दिन नेकपा एमाले चितवनका नेता देवी ज्ञवालीले पनि यसबारेमा प्रष्टोक्ति दिएका छन् ।
भरतपुर महानगरमा प्रचण्डपुत्री रेणुसँग पराजित भएका ज्ञवालीले आफ्नो र एमालेका कारण अध्यक्ष दाहालले चितवन छाड्ने कुरा हावादारी भएको स्पष्ट पारेका हुन् ।

‘माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ बाट एमाले नेतादेवीप्रसाद ज्ञवाली र एमाले कार्यकर्ताको विरोधका कारण बर्दियाबाट उठ्ने भएको समाचारप्रति हाम्रो धयान आकर्षित भएको छ’, ज्ञवालीले भनेका छन्, ‘चितवनममा वामपन्थी एकताको सबैभन्दा पहिले समर्थन गर्ने व्यक्ति देवी ज्ञवाली हो।’

ज्ञवालीले स्थानीय तह निर्वाचनताका कसले कहाँ के गर्यो भन्ने कुरा जगजहेर रहेको बताउँदै त्यसपछिका सकारात्मक कामलार्इ स्वीकार्नुपर्ने उल्लेख गरेका छन् ।

‘देश, जनता र राष्ट्रको हितमा हुने कनै पनि सकारात्मक कामलार्इ व्यक्तिगत लाभहानीसँग जोड्ने काम देवी ज्ञवालीबाट हुँदैन’, उनले भनेका छन्, ‘नितान्त व्यक्तिगत लाभहानीका लागि कदम चालन्ने बानी परेकाहरुले अरुलार्इ पनी त्यस्तै देख्नु नौलो होइन ।’

पार्टीले गरेका हरेक निर्णयलार्इ दृढतापूर्वक कार्यान्वन गर्न सदैव कटिवद्ध रहेको ज्ञवालीले बताएका छन् । ‘वामएकता भएर चितवनमा पुष्पकमल आउनुहुन्छ भने उहाँलाई जिताएर पठाउने दायित्व हाम्रो काँधमा आउनेछ’, ज्ञवालीले थपेका छन्, ‘उक्त जिम्मेवारी हामीले पुरा गरेरै छोडछौँ।’