कांग्रेसका युवा नेता प्रदीप पौडेल भारी मतान्तरले विजयी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कांग्रेसका युवा नेता प्रदीप पौडेल भारी मतान्तरले विजयी



काठमाडौं- काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका हेभि वेट नेता ईश्वर पोखरेललाई हराउँदै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् ।

भारी मतान्तरले पौडेलले पोखरेललाई पराजित गरेका छन् । अन्तिम मत परिणामअनुसार पौडेलले १५२४३ मतसहित विजय हासिल गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका पोखरेलले १०२१० मत प्राप्त गरेका छन् । पोखरेललाई उनले सुरुवातदेखि नै उछिन्दै आइरहेका थिए ।

निर्वाचन आयोगले विजयको घोषणा गर्ने तयारी गरिरहेको छ ।