प्रदीप गिरीको अवस्था गम्भीर, निधिले भने- चमत्कारको लागि प्रार्थना गर्दछु - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रदीप गिरीको अवस्था गम्भीर, निधिले भने- चमत्कारको लागि प्रार्थना गर्दछु



काठमाडौं–घाँटीमा देखिएको क्यान्सर र निमोनियाले सताएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यमा थप समस्या देखिएको छ ।

घाँटीको क्यान्सर शरिरका अन्य भागमासमेत फैलिएकाले अहिले उनको उपचार ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको हो ।

गिरिको स्वास्थ्य गम्भीर भएकाले उनलाई भेट्न जाने शुभचिन्तकहरु बढेका छन् । स्वास्थ्यमा समस्या भएकाले भिडभाड नगर्न परिवारले आग्रहसमेत गरेको छ । परिवारका एक सदस्यकाअनुसार उनको स्वास्थ्यमा थप समस्या आएको हो ।

गिरिको अवस्था चिन्ताजनक रहेको कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेको अभिव्यक्तिबाट पनि पुष्टि हुन्छ ।

उनले ट्वीट गरेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रो पटक हेरेर बाटोमा फर्कदै छु। स्तब्ध र निरिह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं !’

सांसद समेत रहेका गिरि गएको साउनमा उपचारका लागि भारतको मुम्बई गएका थिए । उनी यही साउनमा नेपाल फिरेका थिए । अस्पतालका डाक्टर पंकज वर्मनसहित चिकित्सक टोलीले गिरिको उपचार गरिरहेको परिवार स्रोतले जनाएको छ ।