प्रदीप गिरीको चेतावनी - देश सोभियत संघ बन्ने खतरा भयो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदीप गिरीको चेतावनी – देश सोभियत संघ बन्ने खतरा भयो



काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीले मिडियालाई नियन्त्रण गर्ने गरी सरकारले एकपछि अर्को ल्याएको विधेयकप्रति सचेत रहन सरकारलाई नै सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधिसभामा प्रिबजेट छलफलमा भाग लिँदै बौद्धिक नेता गिरीले आफ्नो जनमत थाहा पाउन मिडिया चाहिने र मानव अधिकार हुनुपर्ने भएकाले अहिले ल्याइएका विधेयकमाथि पुनविचार गर्न घुमाउरो ढंगले आग्रह गरे ।

उनले सन् १९८९ मा सोभियत संघको विघटन अप्रत्यासित रुपमा हुनुमा शासकले आफ्नो जनमत नाप्ने औजार (मिडिया) र मानव अधिकार निधेष गरेकाले त्यस्तो अवस्था आएको उल्लेख गरे । सरकारले अहिले ल्याएको मिडियासँग सम्बन्धी विधेयक र राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी संशोधन विधेयक विवादमा तानिएको छ । संसदमा गिरीले व्यक्त गरेको धारणा यस्तो छ :

सोभियत संघको विघटन अझै पनि हाम्रो समसामयिक सिद्धान्तले आत्मसाथ गर्न सकेको छैन । त्यत्रो शक्तिशाली देश, सारा क्षेप्यास्त्र, बम विस्फोटले लएस रहेको विश्वको महाशक्ति मध्येको एक देश त्यति सजिलै धरासायी हुन्छ भन्ने कुनै पनि राजनीतिक विज्ञानले, कुनै पनि भविष्य वक्ताले, कुनै पनि अर्थशास्त्री एक वर्ष अघिसम्म पनि कल्पना गर्न सकेका थिएनन् ।

सिद्धान्त शास्त्रको के कस्तो कमजोरी रहेछ त ? किन सोभियत संघको बारेमा दिनरात अध्ययन गर्ने युरोप र अमेरिकाका विद्धानले पत्तो पाएनन् ? समाजवादमा जान्छु भन्ने देशका नेताहरुले यसबारेमा सोच्नु आवश्यक छ ।

सोभियत संघ कलकारखानामा कम थिएन, उत्पादनमा कम थिएन, बम वर्षा सामाग्री र क्षेप्यास्त्र पनि थिए, अणु बम पनि थियो । तर त्यहाँ मानव अधिकार थिएन ।

लेख्ने बोल्ने आजादी नभएपछि सत्ता वर्गलाई जनमत के छ थाहा हुदो रहेनछ । जनमत थाहा नहुँदा एकपटक जनता सडकमा निस्कदा ट्यांक, महाट्यांकहरु समाप्त भए । सबैले स्वीकार गरेका छन्, सोभियन युनियनमा नागरिकको प्रतिष्ठा भएको भए रुसी कम्युनिष्ट पार्टीको यो दुर्दशा हुने थिएन ।

यो मैंले भन्न किन आवश्यक देखेँ भने मभन्दा पूर्व वक्ता कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले अहिले नागरिक अधिकार अतिक्रमण हुने संकेत गर्नुभयो त्यसैले म भन्न बाध्य भएँ ।

त्यसकारण सोभियत युनियनको पतनको निर्विवाद निष्कर्ष के हो भने त्यहाँ मानवअधिकार भएको भए ब्रेन हेम्जलाई, एण्डो पोभलाई, गोर्भाचोभलाई आफ्नो अवस्था थाहा हुने थियो ।

अर्कोतर्फ अमेरिकासँग अनाआवश्यक प्रतिस्पर्धा भयो । अमेरिका चन्द्रमा जाँदा आफू पनि जानु पर्ने, अमेरिकाले एउटा क्षेप्यास्त्र बनाउँदा दुईवटा बनाउनुपर्ने, ठूल ठूला कारखाना, युद्धका शस्त्रहरु हुनुपर्ने मोडेलका कारण पनि सोभियत युनियन ध्वस्त भयो ।

अब नेपालमा मोडेल बनाउनु परेको छ । सोभियत युनियनबाट सिक्नु के परेको छ भने आफ्नो मुलुकु सुहाउँदो मोडेल बनाउनुपर्छ । नत्र हाम्रो व्यवस्था पनि दिगो हुँदैन ।