प्रदीप ज्ञवालीले मागे माफी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदीप ज्ञवालीले मागे माफी



काठमाडौं- निर्वाचनमा पराजित भएपछि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माफी मागेका छन् । उनले हार स्वीकार गर्दै क्षमा मागेका छन् ।

अन्तिम मत परिणाम घोषणा हुनु अगाडि नै सामाजिक सञ्जालमार्फत् ज्ञवालीले आफ्ना कमीकमजोरी रहेको भन्दै क्षमा गर्न मतदातालाई आग्रह गरेका छन् ।

‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन,’ ज्ञवालीले लेखेका छन्, ‘तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’

ज्ञवालीले हारको जिम्मेवारी आफैं लिने बताएका छन् । उनले अघि लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

गुल्मी-१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी। ज्ञवालीलाई पछि पर्दै निर्वाचित भएका छन् । भण्डारी र ज्ञवाली यही क्षेत्रबाट लगातार चुनाव लडिरहेका नेता हुन् ।