ईश्वर पोखरेललाई पराजित गर्दै प्रदीप पौडेल विजयी - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

ईश्वर पोखरेललाई पराजित गर्दै प्रदीप पौडेल विजयी



काठमाडौं- काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी हुने भएका छन् । उनले लिएको मतान्तर र गन्न बाँकी मतलाई विश्लेषण गर्दा उनी विजयी हुने पक्का भएको छ ।

जित नजिक पुगेका छन् । ३८,२६४ मत गणना हुँदा प्रदीप पौडेलले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई चारहजार मतान्तरले पछि पारेका छन् । अहिलेसम्म उनले लगातार लिड गर्दै आइरहेका छन् ।

अब सात हजार ७२३ मत मात्र गन्न बाँकी छ । बाँकी सबै मतमा आधा मत इश्वरले पाउँदा पनि इश्वरले जित्ने सम्भावना छैन । पौडेलको अग्रताले अब उनी जितको नजिक देखाएको छ ।

पौडेल १२,५८४ मतसहित अगाडि छन् । एमालेका पोखरेलले ८,६२४ मत ल्याएका छन् । एमालेका वरिष्ठ नेता पोखरेल पार्टी र चुनावी क्षेत्रमा निकै प्रभावशाली नेता हुन् ।