मलेसियाको क्वालालम्पुरमा चर्चित कलाकारहरू सँगै परदेशी धमाका -३ गरिदै - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मलेसियाको क्वालालम्पुरमा चर्चित कलाकारहरू सँगै परदेशी धमाका -३ गरिदै



हिमाल पोस्ट /मलेसिया ,जेष्ठ ११

मुस्लिम धर्मावलम्बी हरुको महान् चाड हरिरायाको विशेष अवसर पारी मञ्जरी थिएटर ग्रुपले मलेसियाको क्वालालम्पुरकाे कोताराय सहर स्थित तेस्रो परदेशी धमाकाको आयोजना गर्ने भएका छ।

आयोजक मञ्जरी थिएटर ग्रुपले नेपालको ख्याति प्राप्त चर्चित कलाकार र स्थानीय कलाकारको बेजोड़ प्रस्तुति सहित June 25 तारिख क्वालालम्पुरकाे कोताराय स्थित उक्त कार्यक्रमको आयोजना गरिएको मञ्जरी थिएटर ग्रुपको अध्यक्ष अमिर माबो र संस्थापक/संयोजक सुन्दर लावती ले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रममा दर्शकहरूलाई भरपुर मनोरञ्जन दिनको निम्ति नेपालको ख्याति प्राप्त चर्चित – गायिका , मुना थापा मगर ,चर्चित नायिका माला लिम्बु, गायक उत्तमजङ लिम्बु, निर्देशक तथा चर्चित साहित्यकार प्रकाश आङदेम्वे, हास्यकलाकार यादव देवकोटा (सरापे) रहने छन्।

प्रवासमा रहेर पनि नेपाली गीत -सङ्गीतमा उदाएका स्थानीय गायक मनिपाल राई ,रमेश बानिया , फुर्बा दोर्जे मोक्तान तामाङ् ,गौरव नारायण राई,अमर राई,रबिन गुरुङ,मौसम तामाङ्,विशाल बेघा ,कमल गुरुङ, सुरेस तामाङ , शङकर पिसि,आदिको प्रस्तुति रहनेछ। साथमा मोडल/गायिका/डान्सर गीता राई को बेजोड प्रस्तुति रहने छ। प्रवासी भूमिका ख्याति प्राप्त प्रतिभालाई उध्गम स्थान दिँदै सो कार्यक्रम पनि विभिन्न विधाका कलकारहरू लाई एउटा राम्रो उदाहरण र स्थान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

त्यसै गरी विभिन्न विधाका गीतहरू गाएर अन्य कलाकार को पनि भव्य प्रस्तुति रहने भएको छ ।प्रवासमा रहेका अन्तर निहित कला प्रतिभा भएर पनि ओझेल मा परेका कलाकारलाई नेपाली संगीतिक मूल धार सम्म ल्याउनका लागि  कार्यक्रम आयोजना गरिएको कार्यक्रम आयोजकले बताएका छन् ।