प्रदेश नम्बर २ मा चुनाव हुन सक्ला ? यस्तो छ ८ जिल्लाको स्थिति - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदेश नम्बर २ मा चुनाव हुन सक्ला ? यस्तो छ ८ जिल्लाको स्थिति



१८ चैत, काठमाडौं ।

मधेसी मोर्चाको प्रभाव रहेको भनिएका २ नम्बर प्रदेशका ८ जिल्लामा सक्छ कि सक्दैन भन्ने कौतुहल सर्वत्र छ । यस सम्बन्धमा नयाँ पत्रिका दैनिकले एक रिर्पोट प्रकाशित गरेको छ ।

जसमा सप्तरीबाहेक अन्य ७ जिल्लामा निर्वाचनको माहोल देखिएको र त्यहाँ चुनाव हुन सक्ने संकेत गरिएको छ । पत्रिकाका अनुसार सप्तरीका सबै स्थानी तहमा तालाबन्दी छ भने सिराहमा मधेसी दलले पनि दल दर्ता गरेकाले चुनावको पक्षमा माहोल तयार छ । तर, उनीहरुले सबै स्थानीय तहमा तालाबन्दी गरेका छन् । ठूला दल भने चुनावी तयारीमा जुटिसकेका छन् ।

 

सर्लाहीका ग्रमीण क्षत्रेमा चुनावी चहलपहल देखिएको छ । मोर्चाको प्रभाव रहेको मलंगवा लगायतका क्षेत्रमा भने चुनावी माहोल बनिसकेको छैन । बारामा ठूला दलहरु चुनावी अभियानमा होमिसकेका छन् ।

धनुषामा चुनावी गतिविधि सुस्त छ दलहरु भित्री चुनावी तयारीमा छन् । मोर्चामा आवद्ध दलहरु भने निर्वाचन कार्यालयका कार्यक्रम बहिस्कार गरिरहेका छन् ।

महोत्तरीमा चुनावी माहोल खासै छैन । सबै स्थानी तहका कार्यालयमा तालबन्दी छ । दलहरुबीच सहकार्य नहुँदा चुनावी प्रक्रिया प्रभावित छ ।रौतहटमा भने चुनावको रौनक सुरु भइसकेको छ । ठूला दलहरु आफ्ना एजेण्डा लिएर गाउँ पसेका छन् । मोर्चाले आफ्नो प्रभाव रहेका क्षेत्रमा भने चुनाव बिरोधी कार्यक्रम चलाइरहेका छन् । पर्सामा चुनावी गतिविधिमा अवरोध छैन । त्यसैकारण पर्सामा चुनावी माहोल स्वाभाविक छ ।