नवनियुक्त प्रदेश प्रमुख पन्तलाई धनगढीमा भव्य स्वागत - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नवनियुक्त प्रदेश प्रमुख पन्तलाई धनगढीमा भव्य स्वागत



कैलाली । नवनियुक्त सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख शर्मिला पन्तलाई धनगढीमा भव्य स्वागत गरिएको छ । बुद्ध एयरको उडान मार्फत आज साँझ धनगढी पुगेकी पन्तलाई
धनगढी बिमानस्थलमा भब्य स्वागत गरिएको हो ।

पन्तको स्वागतका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश मन्त्रीहरु, प्रदेश सचिवहरु धनगढी बिमानस्थलमा पुगेका थिए ।

मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ खाएकी पन्तले विहिवार विहान ११ वजे पदवहाली गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।