अध्ययन टोलीले भन्यो प्रदेश ५ को राजधानी दाङ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

अध्ययन टोलीले भन्यो प्रदेश ५ को राजधानी दाङ



घोराही । सरकारको अध्ययन टोलीले प्रदेश नम्बर ५ को राजधानी दाङमा स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । क्षेत्रीय प्रशासक सुरेश प्रधान संयोजकत्वको प्रदेश राजधानी सम्भाव्य स्थानको पहिचान, अध्ययन तथा विश्लेषण समितिले यस्तो निष्कर्ष निकालेको हो ।

अध्ययन टोलीका सदस्यसचिव एवम् भवन डिभिजन कार्यालय दाङका प्रमुख राजेन्द्रप्रसाद पाण्डेले भने, ‘राजधानीका लागि आवश्यक भौतिक संरचनाहरु प्रयाप्त र तयारी अवस्थामा रहेको पाइयो । भूगोल, सुरक्षा, हावापानी जस्ता सबै हिसाबले दाङ प्रदेश राजधानी बनाउन उपयुक्त रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाउँछौं ।’

अध्ययन प्रतिवेदन आजै प्रधानमन्त्रीको कार्यालयमा पठाउने तयारी गरिएको उनले जानकारी दिए ।