गैरेको दसैँ विशेष गीत 'प्रदेशीको काहानी' बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

गैरेको दसैँ विशेष गीत ‘प्रदेशीको काहानी’ बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /भदौ ३१ 

नेपालीहरूको महानपर्व विजयादशमी नजिकिदै गर्दा नेपाली साङ्गीतिक बजारमा दसैँका गीतहरू धमाधम सार्वजनिक भइरहेका छन् । एक पछि अर्को गर्दै गीतसंगितहरु बजारमा पस्किरहेको सप्तक डिजीटल प्रा . लीको प्रस्तुतिमा गायिका इन्दिरा गैरेको दसैँ तिहार गीत प्रदेशीको काहानी बजारमा आएको छ ।

बाध्यता अनि विवशता सँगै आफ्नो जन्मभुमी छाडेर प्रदेशीएका दाजुभाइ अनि घरपरिवारको कथालाई समेटेर गीतलाई बनाइएको छ ।आफ्नो मान्छेबाट टाढिएर प्रदेशिदा कतिको तडपाईमा बस्नुपर्छ भन्ने कुरालाई जोड दिएको छ । गीतमा गायक सुमन परियार र इन्दिरा गैरेको स्वर रहेको छ भने गीतकार शारदा मरासिनी सरुको शब्दमा गायक सुमनले नै लय भरेका छन् ।

निर्देशक विक्रम चौहानको निर्देशनमा बनाइएको भिडियोमा गायक एवम् मोडल सुमन परियार र इन्दिराको अभिनय रहेको छ ।