प्रदेशीयको छोराको मर्म स्पर्सी पत्र । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रदेशीयको छोराको मर्म स्पर्सी पत्र ।



पुज्यनीय बुबा आमामा,
साष्टङ्ग दण्डवत।

आरम छु बुबा आमा आरमको कामना गर्दै यो सेतो बेदाग कापीको पानामा नीर्जीव कलमको सहायताले यस मनमा लागेको कुराहरू हजुरहरू सामु बताउन गई रहेको छु लेखाइको क्रममा केही कमी कम्जोरी भएमा माफ गरी दिनु होला।नेपालीहरूको माहान चाड दसैँ पनि आउँन लाग्यो तर के गर्नु दश वर्षको विदेश बसाइमा १ पटक मात्र हजुरहरूसंग दसैँ मनाउन पाए बाँकी ९ वर्ष विदेशी भूमिमा अरूको ढोका कुर्दैमा बित्यो।यो मेरो रहर थिएन समय र परिस्थितिले परिवारबाट टाढा बनायो।न मलाई दसैले छोएको छ न त तिहारले नै।केवल मन भरी भोलीको मिठो सपना बोकेर अरूको ढोका समाउँदै जीवन ब्यतित गर्दै छु।

परिवारलाई सुख दिन्छु भनेर म जस्तै ५०/६० लाख होनाहार नेपाली युवा युवती विदेशमा कार्यरत छन्।सबैको पीडा एउटै हो परिवारबाट बिछोडिनु।गाउँ घर र समाजमा सबैले भन्छन् विदेशमा छोरा छोरीले डलर छाप्दै छ तर ती छोरा छोरीको पीडा कसले बुझ्ने।बिहान झिस्मिसेमा आँखा मिच्दै उठेर बुलुकी घाम नअस्ताए सम्म काममा बिजी हुनु,समयमा खाना नपाउनु,५० डिग्रीको तापक्रममा खुल्ला ठाउँमा जीउको पसिना जीउमा नै सुकाएर काम गर्नु पर्ने अवस्थामा पनि विदेश गए पछि पैसा रूखमा नै फल्छ जस्तो गर्ने मेरा आफन्त जनलाई भनी दिनु होला छोरा विदेशमा ५० डिग्रीको तापक्रममा पसिना चुहाएर रगत र पसिनासंग डलर साट्दै छ भनेर।कोही नेपाली अमेरिकामा बसेर ट्वाईलेट देखि किचन सम्म काम गर्दै छन् त कोही अस्ट्रेलिया,जापान,नर्वे युके,हंगकंग मकाउ,सिंगापुर,क्यानडा र गल्फ कन्ट्रीहरूमा माथिल्लो देखि तल्लो स्तर सम्मका काम गर्दै होलान्।बिहान काममा कहिले पुग्ने होला भन्ने चिन्ता बेलुकी कति खेर फर्कने होला भन्ने चिन्ता आखिर चिन्ता चिन्तामा नै दिनहरू बित्दैछन।पढ्न गएका भाइ बहिनीहरू पनि हप्तामा तीन दिन पढाई त अन्य दिन काममा घोटिनु पर्ने अवस्था छ।

दसैँ पनि आउँन लाग्यो बुबा आमा छोरा छोरी र श्रीमती मेरै बाटो हेर्दै होलान् तर बिबसता यस पाली दसैँमा पनि घर आउन पाईएन।दसैँमा घर घरमा खशी ढालेको बुबा आमा र श्रीमतीले बनाएको परिकार काँहा भुल्न सक्छु र म दसैँ भरी एक आपसमा शुभकामना आदान प्रदान गरेको मामा माइजू,बुबा आमा र हजुरबुबा हजुरआमाको हातबाट टिका ग्रहण गरेका ती बितेका पलहरूले यो मन मुटुलाई झस्काई रहन्छ।दसैँमा सबैको घरबाट बाबियो उठाएर पिङको लठ्ठी बनाई लिङ्गे पीङ हाली साथी संगी दौतरीहरूसंग पिङ खेलेको काँहा भुल्न सक्छु र म।नयाँ कपडा सट पाईन्ट र पीटिपिटी पड्कने हात्तिछाप चप्पल पड्काउदै हिडेको कसरी भुलु म।यसरी नै विगतलाई सम्झी विदेशमा बसेर स्वदेशको स्मरण गर्नु सिवाय केही रहेन।नेपाल जस्तो प्राकृतिक सम्पदाले भरी पूर्ण भएको देशलाई देशका बागडोर सम्हाल्ने हरूको लापर्बाहीका कारण न त युवा पिढी नेपालमा रहे न त देशले विकासको मार्ग नै त्यसैले मनमा एकदमै पीडा छ।

देशका नागरिक स्वबालम्बि बन्नुका साटो १८ वर्ष पुग्ने बित्तिकै हातमा हरियो पासपोर्ट भिरेर विदेशीको गुलाम बन्नु पर्ने बाध्यता छ।अब यस्तो माहोललाई कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीहरूको घर घरमा चुनावमा भोट माग्न आउँने राजनीति दल र तीनका नेताई राम्रो सँग सम्झाई दिनु होला।म त बिदेशीए बिदेशीए म जस्तै मेरा छोरा छोरीले मेरो जस्तै बिदेशीएर काम गर्नु नपरोस।परिवारको साथ कहिले नटुटोस।जीवनमा पैसा मात्रै ठुलो कुरा होइन तर पैसा नभई चल्दैन पनि।रेमिट्यान्सले धानेको मेरो देश आफैमा सक्षम कहिले बन्नला र म जस्ता लाखौँ लाख जनताले कहिले परिवारका साथ दसैँ मनाउलान आशा छ देशको राजनीति माहौल राम्रो हुने छ र एक दिन हामी होइन विदेशीहरू हाम्रो देशमा काम गर्न आउँने छन्।त्यो सम्भव छ त्यसैले बुबा आमा र श्रीमती ज्यू तपाईहरूले अब आउँने प्रदेश र संसदीय चुनावमा चाहिँ राम्रो व्यक्तिलाई मतदान गरेर जिताउनु होला।बुबा आमा श्रीमती र छोराछोरीले आआफ्नो शरीरको ख्याल राख्नु म आउन नपाए पनि हासी खुसी दसैँ राम्रो सँग मनाउनु।अन्त्यमा विजया दशमी २०७४ सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।धन्यवाद।

हजुरहरूको उही दुखी छोरा

कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन।