प्रधानमन्त्री बसेकै सिट जलाइयो, 'सिट जलेर नष्ट' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री बसेकै सिट जलाइयो, ‘सिट जलेर नष्ट’



काठमाडौं, २९ फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिर १२ गते साझा यातायातको पुल्चोक कार्यालयमा पुगे । उनले ३० वटा साझाले ल्याएका बस अवलोकन गरे ।त्यसपछि उनी साझा बस चढेर सिंहदरबारस्थित कार्यालय जाने निर्णयमा पुगे । खबर आजको नागरिक दैनिकमा  छ ।

तत्काल साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितले प्रधानमन्त्रीलाई बा ४ ख ५६४८ नम्बरको बुमा चढाए ।उक्त सिट विशेष सुविधायुक्त थियो । प्रधानमन्त्रीले चढेको उक्त बसको सो सिट शनिबार बन्दको अवज्ञा गरेको भन्दै जलाइएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको पार्टी कार्यकर्ताले शनिबार बालाजु बाइपासमा आगो लगाएको बस प्रधानमन्त्री दाहालले उद्घाटन क्रममा चढेका थिए । प्रधानमन्त्री बसेकै सिट जलेर नष्ट भएको छ ।