प्रधानमन्त्री दाहाल मतदान गर्नआजै आईपुगे चितवन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री दाहाल मतदान गर्नआजै आईपुगे चितवन



नारायण ढुंगाना, चितवन, ३० वैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज साँझ करीब ५ बजे हवाइमार्ग मार्फत चितवन आउनु भएको छ ।

भोली हुन लागेको स्थानिय तहको निर्वाचनमा मतदान गर्न उहाँ पत्नी सीता, छोरा प्रकाश र अन्य परिवार सहित चितवन आउनुभएको हो । पत्रकारसँग भने उहाँले कुनै प्रतिक्रिया दिनुभएन ।

े भरतपुर ४ स्थित लंकुको लक्ष्मीउच्च माविको मतदान केन्द्रमा भोली विहान सात बजे मतदान गर्ने कार्यक्रम उहांँको कार्यक्रम रहेको छ ।
पत्नी सिताको भने पश्चिम चितवनको शिवनगरमा मतदान केन्द्र रहेको जनाईएको छ ।

छोरी रेणु दाहाल काँग्रेस र माओवादी केन्द्रबाट भरतपुर महानगरको मेयरमा उमेदवारी दिनुभएको छ ।