उर्जा सम्बन्धी विश्व सम्मेलनमा आज सहभागी हुदै प्रधानमन्त्री दाहाल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

उर्जा सम्बन्धी विश्व सम्मेलनमा आज सहभागी हुदै प्रधानमन्त्री दाहाल



काठमाडौ ३ माघ ।  

प्रधानमन्त्री पुष्पकमल दाहालले आज युएईको अवुधावीमा आयोजना हुने उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सम्बोधन गर्दै हुनुहुन्छ । सम्मेलनमा प्रधानमन्त्री दाहाल विषेश वक्तको रुपमा रहने परारष्ट्र मन्त्रालयले जनाएको छ ।

विभिन्न ३२ मुलुकका ६ सय बढी कम्पनीको सहभागिता रहेको उक्त सम्मेलनमा उहाँले ऊर्जाका विभिन्न क्षेत्र, नेपालमा लगानीको अवसर, नेपालले अवलम्बन गरिरहेको नीति एवम् भावी परिदृश्य लगायतका विषय सम्बोधनका क्रममा समेट्नु हुने जनाइएको छ ।

प्रधानमन्त्री दाहालले आजै युएईका सहायक प्रधानमन्त्री शेख मनसुर विन जायद अल नह्यानसँग भेटवार्ता गर्नुहुनेछ । भेटमा युएईमा रहेका नेपाली कामदारको अवस्था, कामदारको पारिश्रमिकका साथै सामाजिक तथा अन्य सुरक्षाका विषयमा कुराकानी हुने जनाइएको छ ।

आजै उहाँले युएईका युवराज शेख मोहम्मद बिन जायद बिन सुल्तान अल नह्यानसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । यसअघि हिजो प्रधानमन्त्री दाहालले युएईका समकक्षी शेख मोहमद विन रासिद अल मोक्तुमसँग भेटवार्ता गर्नुभएको थियो ।

उर्जा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार अपरान्न युएई प्रस्थान गर्नुभएको हो । उहाँ भोली स्वदेश फर्किनु हुनेछ ।