प्रधानमन्त्रीद्वारा बडा दशैंको शुभकामना व्याक्त - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीद्वारा बडा दशैंको शुभकामना व्याक्त



काठमाडौँ, असोज १४

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान् चाड बडा दशैं २०७४ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन ।

प्रधानमन्त्री देउवाले शनिबार बिहान दिएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना दिएका हुन ।