प्रधानमन्त्री भन्दा गृहमन्त्रीको हाईहाई,५४ दिनमा तेस्तो के गरे ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्री भन्दा गृहमन्त्रीको हाईहाई,५४ दिनमा तेस्तो के गरे ?



काठमाडौं,साउन १४  ।

ऊर्जामन्त्रालयमा हुँदानै एकप्रकारको विशेष चर्चाको शिखरमा रहे जनार्दन शर्मा । गत २४ जेठमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृहमन्त्रीमा नियुक्त भएसँगै गृहप्रशासनभित्र चर्चा भयो,’अहिलेसम्मको हाईहाई अब पनि उनले कायमै राख्लान कि नराख्लान ?’
तर हक्की स्वभावका देखिने शर्माको स्वभाव गृहमा ‘म्याच’ गर्ला कि नगर्ला ? कतै काम गर्न अप्ठ्यरो हुने त होइन रु गृहप्रशासनमा यो प्रश्न महत्पूर्ण ढंगले नै उठेको पाइयो । तर जनमानसमा भने शर्माले गृहबाट चमत्कार गर्ने आशा राखिरहेका थिए ।

जताततै चर्चा कमाएका शर्माको बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी मा पनि सूनियो उनको तारिफ । एक प्रहरी अधिकृत भन्दै थिए ‘यस्तो गृहमन्त्री त अहिलेसम्म देखेका थिएनौं, पब्लिक आएको हो कि मन्त्री पत्ता नै नहुने, सुटुक्क आउँछन्, सरप्राइज अनुगमन गर्छन् जान्छन्, सिआइबीमा कुन दिन आउने हुन् ।’

गृहमन्त्री भएको एक महिनामा के भयो काम ?

मन्त्री शर्माले आफू गृहमन्त्री भएपछि कुनै चमत्कार नगर्ने भन्दै मन्त्रीबाट चमत्कारको आश नगर्न आग्रह गरेका छन् । उनले गरेका केही कामहरु यस्ता छन् ।

बढुवा जाम खुल्यो
गृहमन्त्री भएपछि असार भित्रै बढुवा गरिसक्ने बचन दिनुभएका शर्माले साउनको पहिलो साताभित्र प्रहरीका सबैतहको बढुवा प्रक्रिया टुंयाए । बढुवा रोकिएका कारण केही प्रहरी अधिकारीले सेवा अवधि बाँकी छँदै अवकाश हुनु परेको थियो ।

बढुवा धमाधम गरेपनि प्रक्रियामा भने केही राजनीतिकरण भएको आरोप मन्त्री शर्मालाई लाग्दै आएको छ । आफूभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै बढुवा सिफरिसमा नपरेका प्रहरी अधिकारीले उजुरी गरेका छन् ।

साइरन बजाउन बन्द
गृहमन्त्री शर्माले आफू चढ्ने गाडीमा साइरन बजाउन रोक लगाएका छन । साइरन बजाउँदै हिँड्नाले जाम र तडकभडक भएको तथा सर्वसाधारणको जस्तो नियम आफूलाई लाग्ने भन्दै उनले साइरन हटाएका हुन् ।

अध्यागमनमा सरप्राइज अनुगमन
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा असार २२ गते बेलुका साढे ६ गृहमन्त्री शर्माले सरप्राइज अनुगमन गरे । सुरक्षा निकायलाई कुनै सुईंको समेत नदिइ उहाँ अनुगमनमा निस्केका थिए ।

हवल्दार र असईको बढुवा
असई देउबहादुर चन्द उत्कृष्ट कार्य गरे वाफत सई पदमा बढुवा भए । गएको भदौमा सहकारी संस्थाको सेफ चोरी भएको थियो । काठमाडौंबाट सेफ चोरेर मकवानपुर तर्फ लग्दै गरेको अवस्थामा दोहोरो गोली हानाहान भएको थियो । यसरी दोहोरो गोली हानहान हुँदा पनि ज्यान जोखिममा राखेर काम गरेको भन्दै उनलाई सईमा बढुवा गरिएको हो ।

त्यस्तै स्थानीय चुनावका बेला पहिचान हुन नसेका समूहले मतदान केन्द्रमा फालेको बम समातेर फालेका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्रीकै निर्देशनमा असईमा बढुवा गरियो ।

खबर डवलीको सहयोगमा