कांग्रेस नेता प्रदीप पौडेल जापानमा पक्राउ ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कांग्रेस नेता प्रदीप पौडेल जापानमा पक्राउ !



काठमाडौ, असोज १ ।

नेपाली कांग्रेसका प्रखर युवा नेता प्रदीप पौडेल जापानमा पक्राउ परेका छन् ।  जापानी अध्यागमनको उनलार्इ नियन्त्रणमा लिएकाे हाे । कांग्रेसको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पौडेललगाएत जापान गएको बताइएको छ ।

हिजो अपराह्न टोकियोस्थित नारिता बिमानस्थल पुगेका उनीहरुमध्ये धनराज गुरुङलाई प्रवेश अनुमति दिइएपनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको हो ।

धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् ।

आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् ।

पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समेतले फोन गरेर कोसिस गरेपछि सफल हुन सकेको छैन् ।