प्रदिप पौडेल ५ मतले पराजित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रदिप पौडेल ५ मतले पराजित



तनहुँ–

तनहुँमा कांग्रेसका युवा नेता प्रदिप पौडेल पराजित भएका छन् ।

तनहुँ क्षेत्र न.२ को प्रदेश सभामा उनी ५ मतले पराजित भएका हुन् ।

वाम गठबन्धनकी उम्मेदवार आाशा कोईरालाले उनलाई पराजित गरेकी हुन् ।
कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६ हजार ६ सय ४१ मत ल्याए ।

हालसम्मका नजितामध्ये   पौडेल सबैभन्दा कम मतान्तरले पराजित हुने नेता बनेका छन् ।