काठमाडौँ प्रहरी प्रमुखमा कार्की, ललितपुरमा को ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौँ प्रहरी प्रमुखमा कार्की, ललितपुरमा को ?



 
१ भदौ, काठमाडौँ ।

लामो समय डिआइजी छबिलाल जोशीले समालेको महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी एसएसपी प्रद्युम्न कार्कीलाई दिइएको छ ।
महानगरीय प्रहरी परिसरमा एसपी रहेका कार्की हालै को बढुवामा एसएसपी थिए ।

निर्भीक र निडर प्रहरी अधिकृतका रूपमा चिनिने कार्की अहिले महानगरीय प्रहरी प्रमुख बनेका हुन् ।

परिसर प्रमुख रहेका छविलाल जोशी डीआईजीमा बढुवा भएर पनि एसएसपीकै स्थानमा केही समय बद्देका थिए । जोशीलाई हाल प्रधान कार्यालयमा काजमा खटाइएको छ ।

ललितपुरमा देबबहादुर बोगटी परिसर प्रमुख ।

यस्तै ललितपुर परिसरमा देबबहादुर बोगटीलाई परिसर प्रमुखको जिम्मेवारी दिइएको छ । डीआईजी बढुवा भएर पनि ललितपुर परिसरमै थन्किएका ठूले राईलाई प्रधान कार्यालयमै काजमा खटाइएको छ ।