प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ गरेको एमालेको आरोप - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ गरेको एमालेको आरोप



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको बार्गेनिङ सुरू गरको नेकपा एमालेले आरोप लगाएको छ ।

केपी ओलीसंगको बधाई संवादलाई प्रचण्डको सचिवालयले एमाले अध्यक्ष ओलीले सहकार्यको प्रस्ताव राखेको भनेर प्रचण्डले बार्गेनिङ गर्न खोजेको एमालेको आरोप छ । एमालेका एक नेताका अनुसार प्रचण्डले गठबन्धनमा बार्गेनिङ गर्न ओलीले फोन गरेर सहकार्यको प्रस्ताव गरेको झुटो हल्ला फैलाएको बताएका छन् ।

अध्यक्ष ओलीले चुनाव जितेकोमा प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई बधाई दिन टेलिफोन गरेको तर त्यहि कुरालाई अतिरन्जित गरेर पदको बार्गेनिङ गर्न खोजेको एमालेको आरोप छ ।

माओवादी अध्यक्ष प्रचण्डले ओलीले आफूलाई सहकार्यको प्रस्ताव राखे भन्दै प्रचार गर्न लगाएको भन्दै ति नेताले भने चुनावको सम्पूर्ण परिणाम नआउंदै एमालेले के गर्ने भन्ने निर्णय गर्ने हो । ति नेताले तत्काल माओवादीसँग कुनै पनि सहकार्यको सम्भावना नरहेको समेत समेत बताए ।