प्रजा हटेको प्रजातन्त्र ! - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रजा हटेको प्रजातन्त्र !



आज फाल्गुन ७ अर्थात्   प्रजातन्त्र दिवस ! के सम्झेर  मनाउ म प्रजातन्त्र दिवस ? यो प्रजातन्त्र कि नेतातन्त्र ? खै प्रजातन्त्र दिवस भनेर भन्दैछन सब तर म खोज्दै छु प्रजातन्त्र कहाँ छ भनेर । जता खोज्छु नेतातन्त्र मात्र देख्छु। अह !कहीँ भेटिदैन प्रजातन्त्र जहाँ  जान्छु तेहा खोज्छु प्रजातन्त्र तर केवल देख्छु नेतातन्त्र ।

जता जान्छु उतै सुन्छु ,यो पद फलानो पार्टीलाई त्यो  पद फलानो पार्टीलाई । खै ! जनतालाई के हो सबै पार्टीलाई बिद्यालयमा स-साना नानिबाबुलाई शिक्षा दिई देशका कर्णधार बनाउने शिक्षक,विभिन्न कार्य क्षेत्रमा जनतालाई सुविधा उपलब्ध गराउने कर्मचारी,देशमा सुशासन र शान्ति स्थापना गर्ने प्रसासक,न्याय र अन्याय छुट्टाउने न्यायधिस  देखि लिएर  देश,समाज जहासुकै होस कुनै कार्यमा खटिने कर्मचारी सबै जहाँ  हेरेयो त्यही सबै पार्टीको भागबन्डामा परि जताहेरेयो उतै नेतातन्त्रमात्र छ । अनि तपाई आफै भन्नु त कसरि मनाउ म प्रजातन्त्र दिवस ?

यो देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र केही छैन यहाँ केबलछ त नेतातन्त्र जसले पार्टी र नेताको गुलामी गर्छ तेसैलाइ मात्र छ।  यहाँ गणतन्त्र ,प्रजातन्त्र यहाँ कुनै पद कुनैकार्यको लागि प्रतिस्पर्धा र सक्षम हुनु पर्दैन   यहाँ त केवल नेताको गुलामी गरे पुग्छ।  पार्टीको पुच्छर  भएर  हिडे पुग्छ। विद्वानहरू देश छाड्न बाध्य हुने  असक्षमहरू राजगर्ने र जता हेरेयो उतै राजनीतिक भागबन्डा गर्ने मेरो देशमा कसरि मनाउ म प्रजातन्त्र दिवस ?  कसरी ल्याउ मुस्कान ?

प्रजातन्त्र दिवस भन्दै जता हेरेयो उतै लुटतन्त्र र नेतातन्त्र मात्र भयको देशमा कसरी  मनाउ म प्रजातन्त्र ?  कस्तो तन्त्रलाइ प्रजातन्त्र भनिन्छ ?कस्तो तन्त्रलाई  लोकतन्त्र,गणतन्त्र जहाँ लुटैलुट भयको देश ।  जहाँ कुनै दलको पुच्छर नसमाइ कोही कुनै पदमा चुनाव सम्म लडन वा कुनै कार्यमा प्रतिस्पर्धा  नै गर्न पाउदैन चाहे त्यो पत्रकार,न्यायाधीश ,प्रहरी प्रशासन  जो सुकै होस ।

यहाँ कुनै पदमा नामांकन नै हुँदैन   ।यहाँ हुन्छ त केवल राजनीतिक भागबन्डा ।  के यसैलाई भनिन्छ प्रजातन्त्र वा  गणतन्त्र ? खै ! मैलेबुज्नै नसकेको प्रजातन्त्र यही रहेछ कि!  राजनीतिक पुच्छर नसमाइ बाच्नै नसकिने देशको प्रजातन्त्र । जयहोस ! तिम्रो प्रजातन्त्र,लोकतन्त्र  र गणतन्त्र ।  जयहोस ! नेताहरूको छाडातन्त्र र भागबन्डातन्त्र । जयहोस !नेतातन्त्र  ।

बाबुराम ज्ञवालि सैना मैना १ बनकट्टा