विप्लवका छोरा प्रकाश चन्द पक्राउ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

विप्लवका छोरा प्रकाश चन्द पक्राउ



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दलाई प्रहरीेले पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेज (सीएमसी)मा भइरहेको आन्दोलनको नेतृत्व गरेका प्रकाशसहितका केही विद्यार्थीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चिवतनमा राखिएको छ ।

अस्पतालको सेवामा अवरोध गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रकाशले हालै मात्र उक्त मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेलाई झुन्डयाउने चेतावनी दिएका थिए ।

चितवन मेडिकल कलेज परिसरबाट उनलाई चितवन प्रहरीले पक्राउ गरेको हो।

उनी त्यहाँ भएको आन्दोलनको नेतृत्वकर्ता थिए।