गायक प्रकाश दूतराजले गरे "आत्महत्या प्रयास" भन्ने समाचारको खण्डन - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गायक प्रकाश दूतराजले गरे “आत्महत्या प्रयास” भन्ने समाचारको खण्डन



काठमाडौँ- अष्ट्रेलियामा आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दूतराजले आत्महत्या प्रयासको खण्डन गरेका छन् ।

उनले कवितात्मक शैलीमा फेसबुक स्ट्याटस लेख्दै एकान्तमा बस्ने आफ्नो बानी भएको र अष्ट्रेलियामा पनि त्यसैगरी बसेको कुरालाई लिएर गलत समाचार आएको उनको भनाइ छ ।

उनले लेखेका छन् – ‘कहिलेकाहीँ हराइदिन्छु , यसै यसै . .
कहिले हरियाली पाखा पखेरी , उकाली –ओराली चौतारी अनि देउरालीहरुसँगै . . कहिँ उजाड बगर , मरुभूमिहरुसँगै बालुवा झैं उडिदिन्छु . .
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाइ दिन्छन् . . कहिले अँध्यारो बन्द कोठा भित्र घण्टौसम्म आफँैलाई थुनिदिन्छु . .
हजारौं कोशिस गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता ।’

उनले आत्महत्याको खबर पढेर आफूलाई असजिलो लागेको र खबर सुनेपछि आमाले पनि गाली गरेको उल्लेख गरेका छन् । यतिगर्दा गर्दै पनि उनले समाचारको भने खण्डन गरेका छन् । ‘गलत बुझाइ तथा सूचनाका आधारमा प्रकाशित समाचाहरुले मलाई माया गर्नु हुने, सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु’उनले लेखेका छन् ।

अष्ट्रेलियाको ब्रिजबनमा गायिका भूमिका गिरीसँगै सांगीतिक कार्यक्रम गर्न गएका प्रकाशको हिजा आज नै नेपाल फर्कने कार्यक्रम रहेको थियो । ब्रिसबनको एउटा अपार्टमेन्टमा रहेका प्रकाशले ढोका खुल्लै राखेर आत्महप्ताको प्रयास गरेको थाहा पाएपछि आफूले उद्धार गरेको भूमिकाको भनाइ छ ।

प्रकाशका ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलो भो’ लगायतका गीत चर्चित छन् । लोकलयलाई समातेर अहिलेको पुस्ताले रुचाउने गरी गीत बनाएका कारण उनका धेरै गीत लोकप्रिय छन् ।