प्रकाशमान लिए अग्रता, पुकार बमलाई झिनो मत - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रकाशमान लिए अग्रता, पुकार बमलाई झिनो मत



काठमाडौँ- काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ ।

११ बजेसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिइरहेका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।

हालसम्म प्राप्त मतपरिणामअनुसार सिंहले ७ सय ५४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् ।

मिश्रले ६ सय ८० मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । एमालेका किरण पौडेलको ४ सय ९६ मत रहेको छ ।

नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय २५ मत प्राप्त गरेका छन् ।