प्रमको चीन भ्रमण आजदेखि सुरु ,यस्तो छ तालिका ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रमको चीन भ्रमण आजदेखि सुरु ,यस्तो छ तालिका !



काठमाडौं, १० चैत  ।

प्रधानमन्त्री पुष्पकमल दाहालको साताव्यापी चीन भ्रमण बिहीबारदेखि सुरु हुँदैछ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज राति चीनको बोआओतर्फ प्रस्थान गर्न लागेको हो ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नेपाल र चीनबिच कुनै सम्झौता नभएपनि यसअघि भएको व्यापार तथा बाणिज्य सम्झौता लगायतका सम्झौता कार्यान्वयन गर्न भ्रमण महत्वपूर्ण हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

नेपाली पक्षले चार पाँचवटा सम्झौता गर्ने तयारी गरेपनि प्राविधिक कारणले यसपटकको भ्रमणमा सम्झौता नहुने उहाँले बताउनुभयो ।

प्रतिनिधिमण्डलमा प्रधानमन्त्री दाहालकी पत्नी सीता, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्र सचिव शङ्करदास बैरागी लगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तो छ भ्रमण तालिका

#बोआओमा रहँदा प्रधानमन्त्री दाहालले आउँदो शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने  ।

# आउँदो शनिबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने तालिका छ ।

#  शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

# चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने  ‘नेपाल–चीन सम्बन्ध : समृद्धिका अवसर’ विषयक छलफल कार्यक्रममा प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्नुहुनेछ ।

# त्यहिदिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै त्यो विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।

# भ्रमणका क्रममा चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्ने तालिका छ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने तालिका छ ।