प्रमोद खरेलको गुनासो- 'हाम्रोबारे बोल्ने कोहि रहेनछ' - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रमोद खरेलको गुनासो- ‘हाम्रोबारे बोल्ने कोहि रहेनछ’



काठमाडौँ- अहिले गायिका आस्था राउत चर्चा र विवादमा छिन ।

अभद्र ब्यबहार गरेको मुद्दामा राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतविरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो ।

जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण भिडियो लाइभ गरेकी थिइन् ।

उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरेपछि उनलाई पक्राउ परेर अनुसन्धान गर्न पक्राउ पुर्जी जारी भएको हो ।

आस्थालाई पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालबाट कलाकर्मीले आस्थाको पक्ष र विपक्षमा आफ्ना धारणाहरु सार्वजनिक गरिहेका छन् ।

नेपालमा गीत सङ्गीतसम्बन्धी दर्जनौँ सङ्घसंस्था पनि छन् । तर आस्थाको विषयमा कुनै पनि सङ्घसंस्था अहिलेसम्म बोलेका छैनन ।

यही विषयलाई लिएर चर्चित गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा गुनासो पोखेका छन् । उनले एक स्टाटस लेख्दै आस्थाको बारेमा बोल्ने कुनै सङ्घसंस्था नभएको गुनासो गरेका हुन् ।

यस्तो छ प्रमोदको आक्रोश

प्रसंग
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।

केहि दिनदेखि चर्चामा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक, ( समर्थन वा आलोचना ) कुनै पनि टिप्पणी गर्ने गायक गायिकाको संस्था नहुँदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।

अब विषय तिर लागौ (आस्था प्रकरण)

गएको केहि दिनबाट सामाजिक सन्जालमा भाइरल यो प्रकरणले आश्था राउतलाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ, यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन।

जुन आफैमा केहि अस्वाभाविक र कलाकारलाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरीका लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन।

जुन बारे स्वयम् आश्थाले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरीले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरीलाइ सहयोग गर्ने बताइसकेकी छिन।

सिसिटिभी फ़ुटेजमा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरीको चेकिंगमा सहयोग नगर्ने आश्थाको कमजोरी हो दुइ मत छैन, तर प्रहरीले पनि आस्थासँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ, उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर ड्युटीले थकान भएर प्रहरीले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्तिको प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।

तर ….. ….
आम नागरिकको प्रहरी प्रतिको विश्वस्वनियता, नागरिक प्रति प्रहरीको हातेमालो, अझ विगतदेखि नै कलाकार लाइ प्रहरीले र प्रहरीलाइ कलाकारले गर्ने व्यवहार पवित्र छ।

एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फाइदा गर्दैन।

आस्था यस घटनाबाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछपछि घटना सकिएला । र आश्थाले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन।

अब आश्थालाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनुपर्छ प्रहरीले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समयमा नै आस्था र प्रहरी जवान रमिताको हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, ।
घन्यवाद

प्रमोद आस्था कोच रहेको रियालटी सो दि भ्वाइसका कोच पनि हुन् । उनले आस्थालाई पक्राउ गर्ने अनुमति प्रहरीले पाइसकेको अवस्थामा गीतसङ्गीतको क्षेत्रमा धेरै सङ्घसंस्था हुँदा पनि कसैले एक शब्द आवाज उठाउन नसकेको देख्दा कुनै पनि सङ्घसंस्था नभएको महसुस भएको बताएका हुन् ।