सन्दीप लामिछानेको पक्षमा खुले प्रमोद खरेल - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

सन्दीप लामिछानेको पक्षमा खुले प्रमोद खरेल



काठमाडौं- चर्चित गायक प्रमोद खरेलले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् ।

यौनजन्य कसुरको आरोप खेपिरहेका सन्दीपलाई प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा खरेलले सो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सन्दीपमाथि अन्तर्राष्ट्रिय आतंकवादीको जस्तो व्यवहार भइरहेको गुनासो समेत गरेका छन् ।

प्रमोद लेख्छन्, ‘मानौं ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’

देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्ने उनको सुझाव छ ।