प्रसाईंको झुट पर्दाफास: नेपाल आएका व्यक्ति 'नक्कली राजकुमार' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रसाईंको झुट पर्दाफास: नेपाल आएका व्यक्ति ‘नक्कली राजकुमार’



काठमाडौं- चरम विवादमा आएका ब्यापारी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई सुनको लौरो दिने व्यक्ति दुबईका राजकुमार नभएको खुलेको छ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (युएई) का शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नक्कली राजकुमार भएको खुलेपछि प्रसाईँ समेत विवादमा तानिएका छन् ।

एकातिर भन्सार विभागले सुनको लौरोबारे छानबिन गर्न सुरू गरिसकेको छ भने प्रसाईंले नक्कली व्यक्तिलाई राजकुमार भन्दै हौवा फैलाएका छन् । प्रसाईले बोलेका व्यक्ति युएईका राजपरिवारको टाढाको नाता पर्ने व्यक्ति भएको खुलेपछि सामाजिक संजालमा प्रसाई र ति व्यक्तिको खिल्ली उडाइएको छ ।

एमालेका केन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईको निमन्त्रणामा नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम युएईका राजोअरिवारको टाढाको नाता पर्ने व्यक्ति हुन् । नेपाल आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम हुन भने युएईका असली राजकुमार शेख हमदान बिन मोहमद बिन रसिद अल मक्तुम हुन् ।

युएईमा राजपरिवारका सदस्य तथा राजकुमार नेपाल आउँदा कूटनीतिक प्रक्रिया पुरा गरेर आउनुपर्ने हुन्छ । हिजो नेपाल आएका व्यक्तिबारे सामाचार माध्यममा राजकुमार भन्दै समाचार आएपछि सुरक्षा निकाय समेत चकित परेको छ ।

युएईका राजकुमार नेपाल आउँदा सरकारले उनको लागि उच्च सुरक्षा व्यवस्थासमेत व्यवस्था गर्नुपर्ने हुन्छ । तर शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल आउँदा परराष्ट्र मन्त्रालय समेत बेखबर छ । सुरक्षा निकायका अधिकारीहरुलाई नै थाहा छैन ।

नक्कली राजकुमार बनेर आएका शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले प्रसाईँलाई ल्याएको सुनको लौरोले झनै विवाद निकालेको छ ।

प्रसाईले उनलाई युएईका राजकुमार भन्दै प्रचार गरिरहेका छन् भने अहिले झापा लगायतका स्थानमा भ्रमण गराईरहेका छन्।