नेपाल अाइडलका प्रतिस्पर्धी प्रताप दासको प्रस्तुतिले झुम्यो बनेपा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नेपाल अाइडलका प्रतिस्पर्धी प्रताप दासको प्रस्तुतिले झुम्यो बनेपा



हिमाल पोस्ट /बनेपा ,भदौ २८ 

बनेपा ब्वाइज क्लबको आयोजनामा बनेपा महोत्सव २०७४ को आज उद्घाटन भएको छ । कार्यक्रममा एपी १ टिभीद्वारा सञ्चालित रियालिटीशो नेपाल आइडलका शीर्ष ३ प्रतिस्पर्धी मध्य एक प्रताप दास उपस्थित भएका थिए ।प्रताप दासको उपस्थितिसँगै कार्यक्रमको माहोल तातेको थियो । उनको उपस्थितिसँगै कार्यक्रमस्थल उनकै नामले गुन्जायमान भएको थियो प्रताप दासले कार्यक्रममा आफ्नो ३ ओटा प्रस्तुति दिएका थिए । प्रतापले प्रेम गीत २ को ‘ मोटरसाइकलमा’ बोलको गीत गाउँदा दर्शकहरु सँगै गीत गाउदै नाचगान गरेर मनोरंजन लिइरहेका थिए।

कार्यक्रमका विशिष्ट अथिति उद्योग राज्य मन्त्री रेसम लामाले प्रताप दासको प्रतिभाको मुक्तकण्ठाले प्रशंसा गरेका थिए । कार्यक्रममा आयोजकद्वारा प्रताप दासलाई मायाको चिनो प्रदान गरिएको थियो ।