प्रथम चरणको चुनावी महासंग्राम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रथम चरणको चुनावी महासंग्राम



आगामी मङ्सिर १० गते हुने पतिनिधि र प्रदेश सभा पहिलो चरणमा हुने निर्वाचनको लागि पहाडी तथा हिमाली ३२ जिल्ला मा आइतबार छिटफुट बाहेक उत्साहपूर्ण मनोनयन दर्ता भएको छ। यो मनोनयन लाई धेरै अर्थमा रोचक पनि मान्न सकिने अवस्था छ ।  देशको सबैभन्दा ठुलो दल नेकपा एमाले र तेस्रो ठुलो दल माओवादी केन्द्र बिच बाम गठबन्दन हुनुको साथै चुनावी तालमेल भएको छ भने उता दोस्रो ठुलो दल नेपाली काँग्रेसको नेतृत्वमा राप्रपा नयाशक्ति लगायत हरुको लोकतान्त्रिक गठबन्दन बाट मनोनयन दर्ता भएको छ ।  काँग्रेस बाहेक काँग्रेस नेतृत्वमा रहेका दलहरूको देश भरि त्यति जनमत नभएकोले पनि एमाले माओवादी नेतृत्वको बाम गठबन्दन अलि बढी उत्साही रहनु स्वाभाविक नै मान्न सकिन्छ ।  प्रमुख दलका पहिलो तहका नेता हरू प्राय यो चरणमा प्रतिस्पर्धामा छैनन् ,सबै दोस्रो तेस्रो तहका मात्रै छन् ।  यो मनोनयन सँगै केही अड्कलबाजी पनि सुरु हुन लागेका छन् । पहिलो दल को होला ? कसले जित्ला ? कसले हार्ला ?आदि इत्यादि

राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निभाउने र जनमत भएका उमेद्वार हरुको कारण ले पनि यो पटकको चुनावी रेस हेर्न लायक हुनेछ। एमाले माओवादी काँग्रेस नयाशक्ति राप्रपा लगायतका दलहरूका चर्चित अनुहार हरुलाई चुनावी मैदानमा देख्न सकिन्छ ,त्यसैले पनि यो रोमान्चक हेर्न लायक हुनेछ ।  बहुप्रतिक्षित नै हुनेछ/ पूर्व को ताप्लेजुंग बाट नेकपा एमाले का प्रभावशाली युवा नेता योगेश भट्टराई चुनावी मैदानमा हुनु हुन्छ,उहा लाई टक्कर दिनलाई नेपाली काँग्रेस ले केशव दाहाल लाई मैदानमा उतारेको छ । उसो त योगेश भट्टराई यो भन्दा पहिले दुवै संविधान सभाको निर्वाचनमा काठमाडौँ ६ बाट हार व्यहोर्दै आएका नेता हुन् , अहिले उनी आफ्नो जन्मथलो ताप्लेजुंग बाटै चुनाव लड्दै छन् ।  पूर्वी क्षेत्र एमालेका तत्कालीन महासचिव जननेता मदन कुमार भण्डारी को जन्मथलो भएकोले नि अझ रुचीपूर्ण तरिकाले हेरिएको छ ।

पशिमको दार्चुला पनि एमालेको इतिहास बोकेकै क्षेत्र मान्न् सकिन्छ ।  तत्कालीन एमाले नेता, राज्यमन्त्री, रास्त्रबादी नेता प्रेम सिंह धामीको जन्मथलो पनि हो । यहाँबाट बाम गठबन्दन ले एमालेका केन्द्रीय सदस्य निबर्तमान सांसद युवा नेता गणेश सिंह ठगुन्ना लाई प्रतिनिधि सभाको लागी उमेद्वार बनाएको छ । उनलाई टक्कर दिन नेपाली काँग्रेस ले महासमिति सदस्य विक्रम धामी लाई अगाडी सारेको छ ।  रोचक पक्ष त के भने विगत देखि नै सत्ता पक्ष सँग नजिक रहेका , नेपाली काँग्रेसको केन्द्रीय सदस्य , पूर्व प्रवक्ता दिलेन्द्र बडू यो पटक प्रतक्षय मा चुनाव लड्नु भएन ,समानुपातिक मा बस्नु भएको छ ।  एमालेका यी दुवै राष्ट्रिय नेताहरू भण्डारी र धामीको बिदम्पना नै भन्नु पर्छ ,दुवैको सडक दुर्घटना मा रहस्यमय तरिकाले मृत्यु भएको थियो ।  यो पाटोलाई पछि लेख्दै गरौला तर आज मङ्सिर १० को चुनाव कसरि रोमान्चक हुँदैछ भन्ने तथ्य बारे नै लेखु ।

नयाशक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई गोरखा २ बाट चुनावी मैदानमा हुनु हुन्छ , उहालाई नेपाली काँग्रेसले पनि समर्थन गरेको छ ।  भट्टर्राई लाई टक्कर दिन बाम गठबन्दन बाट नेकपा माओवादी केन्द्र का वरिष्ठ नेता नारायण काजि श्रेष्ठ प्रकाश लाई मैदानमा उतारेको छ ।  स्मरणीय रहोस् डाक्टर भट्टराई यो भन्दा पहिले बाम गठबन्दन सँग सामेल भएका थिए ।  तर गोरखा उनकै निर्वाचन क्षेत्र छोड्न माओवादी तयार नभए पछि गठबन्दन छोडेर काँग्रेस सँग मिल्न पुगेका हुन ।  भट्टराई ले गएका दुवै संविधान सभामा गोरखा १ र २ बाट फराकिलो मत अन्तर ले विजय हासिल गर्नु भएको थियो ।  यो क्षेत्र सर्वाधिक चासो को केन्द्रमा रहेको छ ।  भट्टराई पूर्व प्रधानमन्त्री र श्रेष्ठ पूर्व उपप्रधानमन्त्री त हुँदै हुन् , दुवै पूर्व माओवादी नेता पनि हुन् , अहिले बाबुरामले मात्रै माओवादी छोड्नु भएको छ ।  यिनी हरुको आमुन्नेसामुन्ने हुनुलाइ अर्थपूर्ण तरिकाले हेर्न सकिन्छ ।  यी दुवै नेता प्रतिनिधि सभामा चाहिने हुदाहुदै पनि अब एक जना मात्रै आउने निस्सित छ ।

माओवादी नेता शक्ति बस्नेतको क्षेत्र जाजरकोट लाई पनि चासो पूर्वक नै हेरिएको छ ।  उनी बाम गठबन्दन का सयुक्त उमेद्वार भए पनि बागी उमेद्वार हरुले मनोनयन दर्ता गर्नुले शङ्का गर्ने ठाउँ रहेको छ । उनको प्रतिस्पर्धीको रूपमा काँग्रेसले ,,,,,,,लाई अगाडी सारेको छ । माओवादीका प्रभावशाली नेता पूर्व अर्थमन्त्री बर्समान पुन को क्षेत्र रोल्पा पनि चासोको क्षेत्रमा रहेको छ ।  उनी व्यक्तिगत रूपमा माओवादी भित्र प्रभावशालि त हुँदै हुन् ,उनी बाम गठबन्दन निर्माण पछिका क्षेत्र बाडफाड कार्यदलका सदस्य पनि हुन ।  रोल्पा तत्कालीन माओवादी जनयुद्दको आधारभूमि पनि हो ।  यो क्षेत्रलाई माओवादी को पकड क्षेत्रको रूपमा अर्त्याउने गरिन्छ ।  बिना विभागीय मन्त्री , पूर्व उर्जामंत्री जनार्दन शर्मा प्रभाकर को क्षेत्र रुकुमले पनि सबैको ध्यान तानेको छ ।  काठमाडौँ लगायत केही सहर हरुको लोडसेडिङग अन्त्य गरेर चर्चा कमाएका शर्मा को क्षेत्र सबैको चासोको विषय बन्नु स्वाभाविक नैहो।

काँग्रेस नेताद्वय रामशरण महत र अर्जुननरसिंह केसी को क्षेत्र नुवाकोट पनि चासो र चर्चाकै शिखरमा छ । काँग्रेस को राजनीतिमा प्रभावाकारी भूमिका निभाउने यी दुई नेता लाई बाम गठबन्दन बाट नारायण प्रसाद खतिवडाले टक्कर दिदैछन् ।  राप्रपा प्रजातान्त्रिक का अध्यक्ष पशुपति समशेर राणाले सिन्धुपाल्चोक बाट उमेद्वारी दर्ता गर्नु भएको छ ।  उहालाई नेपाली काँग्रेसको पनि समर्थन रहेको छ । राणालाइ टक्कर दिन बाम गठबन्दन बाट एमालेका शेरबहादुर तामांग मैदान मा उत्रनु भएको छ ।  हुन त गत संविधान सभाको निर्वाचनमा तामांग ले राणालाइ भारी मतले हराउनु भएको थियो ।  सिन्धुपाल्चोक कै अर्को क्षेत्र पनि चर्चाकै शिखरमा छ । त्यहाँ वर्तमान सञ्चार मन्त्री मोहन बहादुर बस्नेत र पूर्व सञ्चार मन्त्री माओवादी नेता अग्नि सापकोटा बिच चुनावी भिडन्त हुँदैछ

कतै खुसी कतै असन्तुष्टि

देशभरि शान्तिपूर्ण तरिकाले मनोनयन सम्पन्न भए पनि पार्टी भित्र कार्यकर्ता हरुको असंटूस्ठी हरू भने छताछुल्ल बाहिर आएका छन् । पार्टीको आधिकारिक उमेदावारका बिरुद्द्र बागी उठ्ने देखि लिएर मनोनयन कै दिन पार्टी परित्याग गरी अर्को पार्टी बाट उमेद्वारी दिनु लाई सामान्य तरिकाले लिन सकिन्न ।  लोकतान्त्रिक गठबन्दन भन्दा बाम गठबन्दनमा यो बढी नै देखियो ।  जाजरकोट मा माओवादी नेता शक्ति बस्नेत का विरुद्ध एमालेका गोविन्द विक्रम शाहीले बागी दिनु भएको छ भने रामेछापमा माओवादी नेता श्याम श्रेष्ठ माथि माओवादीकै नेता हरू बाट बागी उमेद्वारी दर्ता भएको छ।

मनोनयनको दिन बाम गठबन्दनबाटै पार्टीको आधिकारिक उमेद्वार भन्दा फरक फरक मनोनयन भएको नि पाइयो ।  दार्चुलामा एमाले नेता बीरबहादुर ठगुन्ना पार्टी बाट आधिकारिक भए पनि अन्तिम समयमा एमालेकै गेल्बु बोहरा प्रदेश क को उमेद्वार बन्नु भएको छ । जाजरकोटमा एमाले युवा नेता निरज आचार्यले उमेद्वारी दर्ता गराए पनि केन्द्रको निर्णय बमोजिम त्यो क्षेत्र माओवादी लाई परेको छ । मनांगमा गुण्डा नाइके को रूपमा परिचित नवप्रवेशी एमाले कार्यकर्ता दीपक मनांगेले एमाले कै झन्डा मुनि स्वतन्त्र उमेद्वारी दर्ता गराउनु भएको छ ।

बाम उत्साहित , लोकतान्त्रिक रक्षात्मक

चुनावी तालमेल सँगै पार्टी एकताको गृहकार्य गरेको एमाले माओवादी नेतृत्वको बाम गठबन्दन काँग्रेस नेतृत्व भन्दा बढी हौसिएको छ ।  स्थानीय चुनाव मा पाएको सफलतालाई आधार मान्ने हो भने नि बाम अगाडी नै रहेको छ ।  देशभरिका नेता कार्यकर्ताले केन्द्रमा भने जस्तै मन बचन र कर्मले अगाडी बढ्ने हो भने यो बाम गठबन्दन काँग्रेसको लागि फलामको चिउरा चपाए जस्तै हुनेछ ।  काँग्रेसका चर्चित अनुहार हरू यसपालि समानुपातिकमा बस्नुले पनि यही पूर्व सङ्केत गरेको छ ।  बाम गठबन्दन लगत्तै प्राधानमंत्री एवम् काँग्रेस सभापति शेर बहादुर देउवाले साना दलहरू र खास गरी तराई केन्द्रित दल हरुलाई समेटर लोकतान्त्रिक गठ्बनदन बनाउने असफल प्रयास गर्नुलाई काँग्रेस रक्षात्मक छ भन्ने बुझ्न कठिन छैन ।

बामलाई आफै बाट धोका ?

मङ्सिर १० मा हुने चुनावमा जसरी बामहरू उत्साहित छन् ,त्यो क्षणिक नहोला भन्न सकिन्न ।  धेरै ठाउँमा आधिकारिक उमेद्वारी विरुद्ध परेको बागी मनोनयन ले नि केही पूर्व सङ्केत गर्न सक्छ ।  बामहरू लाई सबैभन्दा ठुलो र जटिल समस्याको रूपमा कार्यकार्ता व्यवस्थापन नै थियो । धेरै नेता हरू को इच्छा हुदाहुदै पनि टिकट बिहिन हुन परेको छ ।  माओवादीले एमाले लाई र एमाले ले माओवादीलाई नस्वीकार्ने पुरानै प्रवृति बिध्यमान छ ।  एमालेको सूर्य मा माओवादी ले र माओवादीको हसिया हतौडामा एमालेले भोट हाल्ने हुन कुनै ठोस आधार छैन ।  पार्टी भित्रै को गुट उपगुट अन्तर पार्टी व्यवस्थापन मा भएको कमजोरी नै बामहरूलाई निल्नु न ओकल्नु हुने सम्भावना जीवित छ ।

प्रथम चरण बाम एकताको अग्निपरिक्षा

जुन तामझाम र उत्साहका साथ बामहरू चुनावी मैदानमा गएका छन् ,त्यो उत्साह कति सम्म कायम रहने हो भन्ने हेर्न बाकी छ। यो चुनावी गठबन्दन मात्रै नभएर पार्टी एकता कै पूर्व सन्ध्या हो ।  बाम हरू ले भने जसरि चुनावी परिणाम आफ्नो पक्षमा पार्न सफल भए भने पार्टी एकता पनि हुन सक्छ ।  तर परिणाम आसातित हुन सकेन आएन भने पार्टी एकता हुने मा शङ्का कायमै छ । एमाले का नेता कार्यकर्ताले माओवादी का उमेदवारलाई इमानदारी पूर्वक सहमतिबमोजिम मतदान गरेमा , त्यस्तै माओवादी हरुले पनि सहमति बमोजिम एमाले उमेद्वार हरू लाई मतदान गरे भने पार्टी एकता हुन सक्ने सम्भावना रहन्छ तर कार्यकर्ताको मन भावना इच्छा चाहाना नै फरक पाइयो भने तत्काललाई पार्टी एकता धकेलिने पक्का छ ।

लेखक – बिरेन्द्र महरा