प्रतीक्षा बस्याल मेमोरियल ट्रस्ट स्थापनार्थ कार्यक्रम हुँदै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रतीक्षा बस्याल मेमोरियल ट्रस्ट स्थापनार्थ कार्यक्रम हुँदै



हिमाल पोस्ट /बुटवल माघ २५ 

विधार्थी अधिकार मन्च रुपन्देहीको आयोजनामा यही माघ २९ गते प्रतीक्षा बस्याल मेमोरियल ट्रस्ट स्थापना तथा प्रतिभा प्रस्फुटन कार्यक्रम गर्ने भएको छ । स्थापना कालदेखि नै सामाजिक कार्यहरूमा निरन्तर लागिरहेकोे संस्थाले यस अघि पनि विभिन्न कार्यक्रम गरी अनाथ बालबालिका, वृद्धवृद्धाहरु र विधार्थीहरुलाई सहयोग गरेको आयोजकले बताएका छन् ।

कार्यक्रममा जिल्लाका विभिन्न सामुदायिक विधालयहरुबाट करिब ३० जना विधार्थीहरु बिच नृत्य प्रतियोगिता, वादविवाद प्रतियोगिता र गायन प्रतियोगिता गरिने अध्यक्ष राजु विकेले जानकारी दिनुभयो । सोही कार्यक्रममा स्व। प्रतीक्षा बस्याल मेमोरियल ट्रस्ट पनि स्थापना गरिने जनाईएको छ ।

कार्यक्रम शंकरनगरको दुर्गादत्त मा।विको प्राङ्गणमा बिहान १० बजेबाट सन्चालन हुनेछ । कार्यक्रममा सम्पूर्ण शिक्षा प्रेमी तथा अभिभावक ज्यूहरुलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरिएको छ ।